सेयर कारोबार आइतबारदेखि बन्द | Khabarhub Khabarhub

सेयर कारोबार आइतबारदेखि बन्द


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सेयर कारोबार आजदेखि बन्द हुने भएको छ ।

सरकारले अत्यावश्यक बाहेकका बाँकी सबै सेवा बन्द गर्न निर्देशन दिएपछि सेयर बजार पनि बन्द हुने भएको हो । सरकारले अत्यावश्यक भनेर किटान गरेका क्षेत्रमा सेयर बजार पर्दैन । यसर्थ, आइतबारबाट सेयर कारोबार नहुने नेप्सेका सीइओ चन्द्रसिंह साउदले बताए ।

यसो त लगानीकर्ताले यसअघि नै केही समयका लागि सेयर बजार बन्द गर्न माग गरेका थिए ।

लगानीकर्ताको माग बमोजिम नेप्से र धितोपत्र बोर्डले बजार बन्द गर्न ग्रीन सिग्नल दिएका थिए । यसका लागि धितोपत्र बोर्डले अर्थमन्त्रालयमा छलफल गरेर निर्णय गर्ने बताएको थियो ।

तर शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा दिएको सम्बोधनमा अत्यावश्यक बाहेकका बाँकी सेवा कम्तिमा २ साताका लागि बन्द गर्ने भनेका छन् । सोही सेयर कारोबार बन्द हुने सीइओ साउदले बताए

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : २० बजे

अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा – गण्डकी प्रदेशका नागरिक राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र

ओली सरकारको ११ महिनामा बढ्यो सवा दुई खर्ब ऋण

काठमाडौं– केपी शर्मा ओली नेतृत्वको सरकारले चालु आर्थिक वर्षको ११

बालकको ज्यान लिने नरभक्षी चितुवा नियन्त्रणमा लिन सकस

तनहुँ– बन्दीपुर गाउँपालिका– २ कुवादीका ६ वर्षीय बालक उत्सव गुरुङको

झापाका वन्यजन्तु पीडित राहतकाे पर्खाइमा

झापा- डिभिजन वन कार्यालय झापाले हात्तीपीडितलाई एक करोड ९० लाखभन्दा

इलामको चुलाचुलीबासीलाई जग्गाधनी पुर्जा

इलाम– चुलाचुली गाउँपालिकाको कार्यालय परिसरमा बुधबार भेटिएका चुलाचुली– ५ का