कोरोनाका कारण भारतमा एकै दिन ३ जनाको मृत्यु « Khabarhub

कोरोनाका कारण भारतमा एकै दिन ३ जनाको मृत्यु


९ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । पछिल्लो पटक १ जनाको गुजरातको सुरत शहरमा मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

गुजरातका उपमुख्यमन्त्री नितिनभाई पटेलले सुरतको अस्पतालमा भर्ना भएका कोरोना भाइरस संक्रमितको मृत्यु भएको पुष्टि गरेका हुन् । यससँगै कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

यसअघि नेपालसँग सीमा जोडिएको बिहार राज्यमा पनि १ जनाको पनि ज्यान गएको थियो । आइतबार नै मुम्बईमा अर्का एक व्यक्तिको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

भारतमा हालसम्म ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७६, आइतबार  ४ : ३६ बजे

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

सुनसरी- इटहरीमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८