फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि, टेकुमा उपचार गरिँदै « Khabarhub

फ्रान्सबाट आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि, टेकुमा उपचार गरिँदै


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फ्रान्सबाट कतार ट्रान्जिट भएर आएकी एक नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा कोरोना संक्रमण देखिएको पुष्टि गरिएको छ ।

१९ वर्षीय महिला विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताए ।

‘गत मंगलबार चैत्र ४ गते कतारको दोहाबाट आएका र होम क्वारेन्टाइनमा राखिएका व्यक्तिको रिपोर्ट पोजेटिभ देखिएको छ’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए ।  उनको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।

नेपालमा यसअघि एक जनामा संक्रमण देखिएको र उनी निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  १२ : ३५ बजे

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं–३ बाट उम्मेदवार बन्ने

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौं निर्वाचन

फ्ल्यागशिपस्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो रेड्मी नोट १५

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५