भक्तपुरमा डरलाग्दो दुर्घटना, १ दर्जन गाडीहरु आपसमा ठोक्किए « Khabarhub

भक्तपुरमा डरलाग्दो दुर्घटना, १ दर्जन गाडीहरु आपसमा ठोक्किए


१० चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सल्लाघारी– भक्तपुरको सल्लाघारीमा करिब १ दर्जन सवारी साधनहरु एक आपसमा ठोक्किएका छन् ।

सोमबार दिउँसो करिब ३ बजेतिर अरनीको राजमार्गअन्तर्गत सल्लाघारी चोक नजिक गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार सिमसिम पानी परिरहेको बेला चिप्लिएर गाडीहरु एक आपसमा ठोक्किएका हुन् ।

शुरुमा एउटा भ्यानले मोटरसाइकलाई ठक्कर दिएपछि सडकमा मोबिल पोखिएको थियो । सोही मोबिलमा अन्य गाडीहरु पनि चिप्लिएपछि एक आपसमा ठोक्किएका हुन् ।

स्थानीय प्रहरीका अनुसार दुर्घटनामा करिब ८ जनाजति घाइते भएका छन् । घाइतेहरुको उपचारका लागि अस्पताल लगिएको जनाइएको छ ।


तस्वीरहरु– राजु कुटुको फेसबूकबाट

प्रकाशित मिति : १० चैत्र २०७६, सोमबार  ४ : २४ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको