‘लकडाउन’ नेपाल : सुनसान काठमाडौं (फोटो फिचर) | Khabarhub Khabarhub

‘लकडाउन’ नेपाल : सुनसान काठमाडौं (फोटो फिचर)


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ ।

कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो ।

कोरोना भाइरसको सम्भावित जोखिम रोक्न ‘लकडाउन’ गरिएसँगै काठमाडौं सुनसान बनेको छ ।

सडकमा मानिसहरु हिडेका छैनन् । अत्यावश्यक कामका लागि हिडेका मानिसहरुलाई पनि प्रहरीले सोधपुछ गरेर अवस्था हेर्दै गन्तव्यमा जान दिएको छ । अन्यथा सवैलाई रोक लगाएको छ ।

सडकमा अत्यावश्यकीय सवारी साधन ट्यांकर, प्रेसका गाडी, एम्बुलेन्स मात्र चलेका छन् ।

अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ७ : ५६ बजे

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको