कैलालीको गौरीफन्टा नाकामा तनाव « Khabarhub

कैलालीको गौरीफन्टा नाकामा तनाव


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको (त्रिनगर) गौरीफन्टा नाकामा तनाव उत्पन्न भएको छ ।

सरकारले सम्पूर्ण देश भरी लागू हुने गरी निषेधाज्ञा (लकडाउन) गरेपनि भारतमा रहेका नेपालीहरु सीमा नाकाबाट स्वदेश प्रवेश गर्न खोज्दा सीमा नाकामा तनाव उत्पन्न भएको हो ।

मंगलबार बिहान करिब ७ बजेतिर ठूलो संख्यामा नेपालीहरु गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गर्न खोजेका थिए । तर, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको छैन ।

नाकाबाट प्रवेश गर्न खोज्नेहरुलाई अहिले दशगजा क्षेत्र (कञ्चनपुरको डोकेबजार)तर्फ धकेलिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सोमबार दिउँसो २ बजेदेखि नै लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो भने सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी देशभर निषेधाज्ञा जारी गरेको हो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ८ : ३९ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको