लकडाउनको आदेश कार्यान्वयन गर्न काठमाडौंमा ९ हजार प्रहरी परिचालन | Khabarhub Khabarhub

लकडाउनको आदेश कार्यान्वयन गर्न काठमाडौंमा ९ हजार प्रहरी परिचालन


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी १ हप्ताको लागि सम्पूर्ण देशभरी निषेधाज्ञा (लकडाउन)को आदेश जारी गरेको छ ।

सरकारले जारी गरेको निषेधाज्ञाको आदेशानुसार कुनै पनि व्यक्तिले अत्यावश्यक काम बाहेकको स्थितिमा घर बाहिर निस्किन पाउँदैनन् । विना काम घर बाहिर निस्किने व्यक्तिलाई सुरक्षाकर्मीले पक्राउ गरी कारबाही अगाडि बढाउन सक्छन् ।

सरकारले जारी गरेको लकडाउनको आदेशका कारण अहिले संघीय राजधानी काठमाडौं उपत्यकासहित देशभरका प्रमुख सहरहरु प्राय सुनसान छन् । यसअघि सवारी साधनको उच्च चाप हुने सडकहरुमा अहिले फाट्ट फुट्ट मात्रै गाडीहरु गुडिरहेका छन् ।

सरकारले जारी गरेको लकडाउनको आदेश कार्यान्वयन गर्न काठमाडौं उपत्यकामा मात्रै ९ हजारको संख्यामा परिचालन भएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले अहिलेसम्म लकडाउनको आदेश पूर्ण रुपमा कार्यान्वयन भएको जानकारी दिए ।

‘अहिलेसम्मको अवस्थामा लकडाउनको आदेश पूर्ण रुपमा कार्यान्वयन भएको छ,’ डीआईजी पोखरेलले भने, ‘पूर्व सूचना नपाएका केही सर्वसाधारण सडकमा आउनुभएको छ । हामीले उहाँहरुलाई सम्झाइ बुझाइ गरेर फर्काएका छौं ।’

डीआईजी पोखरेलले अहिलेसम्म लकडाउन आदेशको उल्लंघन गरेको आरोपमा कोही पक्राउ नपरेको बताए । ‘पहिले नै सूचना नभएको व्यक्तिहरु सडकमा आइरहनु भएको छ, यसलाई आदेश उल्लंघनको रुपमा लिएका छैनौं । उहाँहरुले सम्झाइ बुझाइ गर्दा मान्नुभएको छ,’ डीआईजी पोखरेल भन्छन् ।

अत्यावश्यक काम परेको अवस्थामा स्थानीयहरुले आफू नजिकको प्रहरीसँग समन्वय गरेर बाहिर निस्किन सक्ने डीआईजी पोखरेलको भनाइ छ । ‘अति नै जरुरी काम प¥यो, अथवा कसैको घरमा कोही आफन्तजन बिरामी परे भने प्रहरीलाई खबर गर्दा हुन्छ,’ डीआईजी पोखरेल भन्छन्, ‘प्रहरी कन्ट्रोल १०० नम्बरमा फोन गर्दा हामीले नै उद्दार गरिदिन्छौं । नभए उहाँहरुले नजिकको प्रहरी कार्यालयसँग समन्वय गर्न सक्नुहुन्छ ।’

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ११ : २६ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते