कोरोना संक्रमण देखिएकी युवतीसँग एकै विमानमा आएका युवालाई क्वारेन्टाइनमा राखियो | Khabarhub Khabarhub

कोरोना संक्रमण देखिएकी युवतीसँग एकै विमानमा आएका युवालाई क्वारेन्टाइनमा राखियो


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ-कोरोना भाइसर (कोभिड १९) संक्रमण देखिएकी १९ वर्षीय किशोरीसँगै एउटै जहाजमा आएका बाग्लुका युवालाई घरमै क्वारेन्टाइनमा राखिएको छ ।

चैत चार गते फ्रान्सबाट कतारको दोहा हुँदै आएकी १९ वर्षीय युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

युवतीमा संक्रमण देखिएपछि उनीसँगै विमानमा आएका ढोरपाटन नगरपालिका ५ अधिकारी चौरका एक युवालाई घरमै क्वारेन्टाइनमा राखिएको हो ।

ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीका अनुसार उनलाई अहिले घरमै क्वारेन्टाइनमा राखिएको छ ।

फ्रान्सबाट आएका उनी एक रात काठमाडौंमा बसेपछि गृहजिल्ला पुगेका थिए ।

मेयर नेपालीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ । १४ दिन क्वारेन्टाइनमा राख्न सल्लाह दिएर आफु फर्किएको उनले बताए ।

चिकित्सक र प्रहरी टोली लिएर नगरपालिकाका मेयर र अन्य पतिनिधि उनको घर पुगेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १२ : ०८ बजे

विवाहित महिलाको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुल्यो

काठमाडौं– विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड का लागि

महालक्ष्मी डिनाको चेतावनी, ‘अनुशासन अभावले कांग्रेस संगठन भद्रगोल भयो, कारबाही नगरे विचलन बढ्छ’

काठमाडौं- नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पार्टीभित्र अनुशासन र

समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँ : कृषिमन्त्री अधिकारी

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समयमै मल र

विमलेन्द्रको प्रस्ताव : सर्वोच्च अदालत विवादास्पद भयो, अलग्गै संवैधानिक अदालत बनाऊँ

काठमाडौं- नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पछिल्लो समय सर्वोच्च अदालतले