तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष « Khabarhub

तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि तनहुँका विभिन्न स्थानीय तहमा आइसोलेशन कक्ष तयार भएको छ ।

जिल्लाका व्यास, शुक्लागण्डकी नगरपालिका, म्याग्दे र बन्दीपुर गाउँपालिकामा आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको छ ।

व्यासमा आठ, शुक्लागण्डकीमा १२, म्याग्देमा ५, बन्दीपुरमा आठ र देवघाटमा पाँच श्यया क्षमताको आइसोलेसन कक्ष तयार भएको छ । जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका र दमौली अस्पतालको संयुक्त पहलमा किरियापुत्री भवनमा आठ श्ययाको आइसोलेशन कक्ष निर्माण गरिएको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

नगरपालिका र स्थानीयवासीको लागत साझेदारी गरी ९८ लाखको लागतमा सो भवन बनाइएको हो । आइसोलेसन कक्षका लागि आवश्यक श्यया दमौलीस्थित नीजि अस्पतालले सहयोग गरेका छन् ।

दाहाल मेडिकल हल र एपोलो अस्पतालले चार/चार श्यया उपलब्ध गराएका छन् । आइसोलेशनमा दमौली अस्पताल र नीजि स्वास्थ्य संस्थाका चिकित्सकलाई खटाइने दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

यसैगरी म्याग्दे गाउँपालिकाले जामुने स्वास्थ्यचौकीमा आइसोलेशन कक्ष तयार गरेको छ । कोभिड–१९ का शङ्कास्पद विरामीको उपचारका लागि म्याग्दे गाउँपालिका–३ स्थित जामुने स्वास्थ्य चौकीमा आइसोलेशन कक्ष तयार गरिएको हो ।

पूर्व तयारी स्वरुप स्वास्थ्यचौकीमा पाँच श्ययाको कक्ष तयार गरिएको म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले जानकारी दिए ।

आइसोलेसन कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद विरामीको उपचार गर्ने, खकार र सिगानको नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाउने व्यवस्था मिलाइएको घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार स्वास्थ्यचौकीको माथिल्लो तल्लामा तयार गरिएको आइसोलेशनमा विरामीलाई राखिने र थप उपचार गर्नुपर्ने भए दमौली अस्पतालमा रिफर गरिनेछ ।

देवघाट गाउँपालिकामा पनि आइसोलेशन कक्ष स्थापना गरिएको छ । देवघाटमा रहेको धर्माथ अस्पतालमा पाँच श्ययाको आइसोलेशन स्थापना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

कोरोनाको शङ्कास्पद विरामीलाई तत्कालै गाउँपालिकामा नै राखेर उपचार गर्न सहज् होस भनेर सो कक्ष स्थापना गरिएको सुवेदीले बताए । उनका अनुसार आइसोलेशनमा उपचार गर्ने विरामीको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले बेहोर्नेछ ।

यस्तै शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा १२ र बन्दीपुर गाउँपालिकास्थित बन्दीपुर अस्पतालमा आठ श्ययाको आइसोलेसन तयारी अवस्थामा राखिएको छ ।

म्याग्देका विद्यालयमा क्वारेन्टाइन बनाइने

म्याग्दे गाउँपालिकाले विद्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भएको छ । जामुने स्वास्थ्यचौकीमा पाँच श्ययाको आइसोलेसन कक्ष बनाएको गाउँपालिकाले सबै विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

कोरोनाका शङ्कास्पद व्यक्तिको सम्पूर्ण उपचार खर्च गाउँपालिकाले नै बेहोर्ने गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन ।

यसैगरी क्षेत्रीय होटल सङ्घ तनहुँले जिल्लास्थित होटलका कोठालाइ क्वारेन्टाइन बनाउन सहयोग गर्ने जनाएको छ । सङ्घका वरिष्ठ उपाध्यक्ष विकास खनालले प्रेस विज्ञप्ति जारी गरी होटलका कोठालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  १ : ५० बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको