हालै विदेशबाट आएका व्यक्तिको सूचना दिन आग्रह « Khabarhub

हालै विदेशबाट आएका व्यक्तिको सूचना दिन आग्रह


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्कीको अन्नपूर्ण गाउँपालिकाले केही दिन यता विदेशबाट आएका व्यक्तिको सूचना दिन सम्बद्ध सबैसँग आग्रह गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोखिम नहोस् भन्ने उद्देश्यले तत्काल विदेशबाट आएका व्यक्तिबारे सूचना दिन आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

विदेशबाट आएका व्यक्ति पनि स्वास्थ्य परीक्षण गरी आफूमा सङ्क्रमण भए नभएकोबारे ढुक्क बन्न सक्ने र यसले आफन्तजन एवम् साथीभाइलाई पनि कुनै सन्देह नहुने भएकाले गाउँपालिकाले उनीहरूका सम्बन्धमा जानकारी लिन लागेको अध्यक्ष कुँवरले बताए ।

“गाउँपालिका भित्र तत्कालै विदेशबाट कोही आएको भए त्यसको सूचना गाउँपालिका पदाधिकारी, स्थानीय स्वास्थ्य चौकी एवम् प्रहरीमा दिन भनेका छौं,” उनले भने, “हालसम्म गाउँपालिका भित्र केही दिन यता विदेशबाट आएका दुई जनाका सम्बन्धमा सूचना प्राप्त भएको छ ।

”गाउँपालिकामा आजैदेखि सरकारले शुरु गरेको लकडाउनको पूर्ण प्रभाव परेको बताउँदै उनले सर्वसाधारणले निर्देशन पालना सहित आआफ्नै घरमा सुरक्षित बसेको जानकारी दिए ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ०५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु