म्यान्मारमा दुई जनामा कोरोनाको संक्रमण भएको पुष्टि « Khabarhub

म्यान्मारमा दुई जनामा कोरोनाको संक्रमण भएको पुष्टि


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्यान्मारमा पहिलो पटक दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । म्यान्मारका स्वास्थ्य अधिकारीहरुले विदेश भ्रमणबाट फर्किएका दुई म्यान्मारी नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् ।

संक्रमितमध्येका एक २६ वर्षका व्यक्ति हालै बेलायतको भ्रमणपछि फर्केका थिए । अर्का ३६ वर्षे व्यक्ति अमेरिका भ्रमणपछि म्यान्मार फर्किएका थिए ।

दुईजनामा संक्रमण पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा रहेका अन्यको पहिचान गर्ने काम भइरहेको म्यान्मारका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनसँग सीमा जोडिएपनि म्यान्मारमा यसअघिसम्म कोरोना भाइरसका संक्रमित पुष्टि भएका थिएनन् ।

कोरोना भाइरसको प्रकोपको रोकथामका लागि म्यान्मारले गत साता नै सबै सीमा नाकाहरु बन्द गर्ने घोषणा गरेको थियो भने भीडभाड नगर्न आह्वान गरिएको थियो ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ३ : ४७ बजे

स्वास्थ्यकर्मी सुरक्षा समन्वय समिति बैठकका निर्णयहरू

काठमाडौँ– लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा

सर्वदलीय बैठकमा अर्थमन्त्रीको जवाफ- सुनसरीमा तनाव कम गर्न प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ

काठमाडौँ – उपप्रधान तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केही दिनदेखि

सप्तरी भन्सारमा सात करोड ४२ लाख रुपैयाँ राजस्व

जनकपुरधाम– जिल्ला भन्सार कार्यालय तिलाठी बेल्ही सप्तरीले आर्थिक वर्ष (आव)

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ – स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ

सुनसरी घटनालाई लिएर केशी प्रदेशका मुख्यमन्त्रीबाट सर्वदलीय बैठक आह्वान

विराटनगर– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सर्वदलीय बैठक