कोरोना शंका गरिएको नमूना पठाउन कठिनाइ | Khabarhub Khabarhub

कोरोना शंका गरिएको नमूना पठाउन कठिनाइ


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हवाई सेवा बन्द हुँदा जिल्लाका अस्पतालहरुबाट कोरोना भाइरस संक्रमणको शंका गरिएको नमूना (स्याम्पल) राजधानी काठमाडौंस्थित केन्द्रीय प्रयोगशाल पठाउन समस्या भएको छ ।

चितवनको कोरोना विशेष अस्पतालमा मृत्यु भएका युवकको थ्रोड स्वाब स्याम्पल सडकबाट पठाइएको त्यहाँका चिकित्सकले जनाएका छन् ।

पूर्वी तराईको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरका अनुसार आइसोलेसनमा राखिएका एक बिरामीको परीक्षण नमूना केन्द्रीय प्रयोगशाला पठाउन सकिएको छैन ।

मेची अञ्चल अस्पताल झापामा एक जना आइसोलेसनमा र १६ जना क्वारेन्टाइनमा छन् ।

जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौँलागाईका अनुसार गौरादह नगरपालिका एक जनालाई सोमबार आइसोलेनसमा राखिएको हो । उनी हालै कतारबाट आएको जनाइएको छ ।

झापाको नमुना स्वाब एम्बुलेन्समार्फत धरान पठाएको र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संकलित समेत गरेर प्रतिष्ठानकै एम्लुलेन्सले काठमाडौं ल्याउने जनाइएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ४ : ४५ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको