अष्ट्रेलियामा नेपाली युवाबीच कुटाकुट, एक जनाको मृत्यु  « Khabarhub

अष्ट्रेलियामा नेपाली युवाबीच कुटाकुट, एक जनाको मृत्यु 


११ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

सिड्नी- अष्ट्रेलियाको सिड्नीमा नेपाली युवाहरुबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । मदिराले मात्तिएपछि युवाहरुबीच भएको कुटाकुटले एक जनाको ज्यान गएको हो ।

मृत्यु हुने २३ वर्षका युवक रहेको जनाइएको छ । गत मार्च २१ गते हर्जविलको एक पपमा मदिरा पिउने क्रममा शुरु भएको विवादले उग्र रुप लिएपछि ती युवकको मृत्यु भएको थियो ।

बारमा तीन तीन जनाको समुहमा रहेका नेपाली युवाबिच कुटाकुट भएपछि सुरक्षा गार्डले उनीहरुलाई बाहिर निकालेका थिए ।

त्यसपछि पनि झगडा नरोकिएपछि भागाभाग गर्ने क्रममा दुइ जना पर्खलाबाट सडकमा लडेका थिए । लडेर घाइते भएकाहरुलाई नजिकै रहेको सेन्टजर्ज अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा एक जनाको मंगलबार मृत्यु भएको हो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलबार  ६ : १९ बजे

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित