प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज : प्रदेश ५ मा प्रधानमन्त्रीद्वारा उद्घाटन « Khabarhub

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज : प्रदेश ५ मा प्रधानमन्त्रीद्वारा उद्घाटन


८ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल मेडिकल कलेज पूर्वाधार विकास आयोजना कार्यालयको उद्घाटन गरेका छन् ।

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्ने सरकारको नीति अनुरुप प्रधानमन्त्री ओलीले शुक्रबार प्रदेश नम्बर ५ मा को रुपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थापना हुने सरकारी मेडिकल कलेजको उद्घाटन गरेका हुन् ।

कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनतालाई शिक्षा, स्वास्थ्य र रोजगार प्रदान गर्न सरकार अग्रसर रहेको बताएका छन् । उनले तीव्र आर्थिक विकास मुलुक र जनताको आवश्यक्ता रहेकोले सरकारले जनताको जीवनस्तरमा सुधार गर्ने र जनताले महशुस गर्ने कार्यक्रमहरु अघि सारेको बताए ।

कार्यक्रममा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, नेकपाका महासचिव विष्णु पौडेल, तिलोत्तमा नपाका प्रमुख बासुदेव घिमिरे लगायतले मुलुकमा समृद्धि हासिल गर्नका लागि तीव्र विकासको आवश्यक्ता रहेको भन्दै शिक्षा, स्वास्थ्य रोजगार लगाएतका क्षेत्रमा लगानी बढाउनु पर्ने कुरामा जोड दिएका छन् ।

प्रदेश ५ मा प्रदेश मेढिकल कलेज स्थापनाका लागि तिलोत्तमा नपाको वडा नं १ र ८ को वन क्षेत्र अन्तर्गतको झण्डै २ सय बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ ।

सो आयोजनाको कार्यालयमा आयोजना प्रमुख सहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखाअधिकृत, चालक र कार्यालय सहयोगी सहित सात जना कर्मचारीको दरबन्दी रहेको छ । आयोजनाले मेडिकल कलेज स्थापनाका लागि ईआईए, गुरुयोजना निर्माण, जग्गाप्राप्ति लगायतका कामहरु गर्ने छ ।

कलेज निर्माणमा करिव १० अर्ब खर्च लाग्ने पूर्वानुमान गरिएको छ । कम्तीमा ३ सय शय्या रहने सो अस्पताललाई तीनवर्षसम्म सञ्चालन ल्याएपछि मात्रै एमबीबीएस तहका विद्यार्थीको भर्ना लिइने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ६ : १० बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा