लकडाउनका बेला कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ यात्रु पक्राउ | Khabarhub Khabarhub

लकडाउनका बेला कन्टेनरमा लुकेर वीरगन्ज पुगेका ५२ यात्रु पक्राउ


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको देशव्यापी लकडाउनका बेला मालवाहक लरीको कन्टेनर चढेर वीरगन्ज आइपुगेका यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले कन्टेनरभित्र लुकेर वीरगन्ज आइपुगेका ५२ जना यात्रुलाई मंगलबार राति १२ बजे पक्राउ गरेको हो । सोमबार काठमाडौंमा सामान झारेर फर्किएको ना ५ ख ९५५२ नम्बरको लरीको कन्टेनरमा लुकेर आएका यात्रुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरु काठमाडौं, चितवनको भरतपुर तथा मकवानपुरको हेटौंडाबाट कन्टेनरमा चढेर वीरगन्ज आइपुगेका थिए ।

प्रहरीले नियन्त्रणमा लिइएका यात्रुमध्ये ३ बालबालिका छन् । प्रहरीले कन्टेनरका चालक शीवनारायण महरालाई पनि पक्राउ गरेको छ ।

प्रहरीले लरीबाट नियन्त्रणमा लिइएका ५२ यात्रु र लरीका चालक गरी ५३ जनालाई स्वास्थ्य परीक्षणका लागि वीरगन्ज भन्सार क्षेत्रमा स्थापना गरिएको हेल्थ डेस्कमा पठाइएको जनाएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : १४ बजे

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र

नाकथोप्ली ‘ङ’ को कन्तबिजोग !

मासगेडी ‘ङ’ अर्थात् नाकथोप्ली ‘ङ’ के हो ? शब्दकोशअनुसार हेरौँ

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता