लकडाउन उल्लंघन गरेपछि काठमाडौंबाट ३ सय सवारी साधन प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गरेपछि काठमाडौंबाट ३ सय सवारी साधन प्रहरीको नियन्त्रणमा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले देशव्यापी रुपमा जारी गरेको लकडाउनको समयमा सडकमा निस्किनेविरुद्ध प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

लकडाउनको पहिलो दिन (मंगलबार) प्रहरीले सडकमा आएका सवारी साधन ल्याउने चालकलाई सम्झाइ बुझाइ छाड्दै आएको थियो । तर, सडकमा आउने क्रम नरोकिएपछि बुधबारदेखि नियन्त्रणमा लिन थालिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार बिहानै काठमाडौंका विभिन्न ठाउँबाट ३ सयको हाराहारीमा सवारीसाधन नियन्त्रणमा लिइएको छ ।

प्रहरीले काठमाडौंको टेकु, नयाँ वानेश्वर, चक्रपथ क्षेत्रबाट सडकमा निस्किएका सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

यसअघि नियन्त्रणमा लिइएका सवारी साधनलाई प्रहरीले साँझ परेपछि सवारीधनीको जिम्मा लगाउँदै आएको थियो । तर, अब भने केही दिन ‘होल्ड’ गरिने महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीम ढकालले जानकारी दिए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १० : २४ बजे

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र

नाकथोप्ली ‘ङ’ को कन्तबिजोग !

मासगेडी ‘ङ’ अर्थात् नाकथोप्ली ‘ङ’ के हो ? शब्दकोशअनुसार हेरौँ

महिला विश्वकपमा ४८ टोलीले सहभागिता जनाउने

काठमाडौं – सन् २०३१ देखि महिला विश्वकपमा ४८ टोलीको सहभागिता

अन्नपूर्ण चक्रीय पदमार्ग : विश्व पर्यटकको आकर्षक गन्तव्य (तस्बिरहरू)

काठमाडौं– अन्नपूर्ण चक्रीय पदमार्ग अन्नपूर्ण क्षेत्रका सुन्दर पहाड लगायत त्यस