सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि नमूना पठाउन समस्या | Khabarhub Khabarhub

सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि नमूना पठाउन समस्या


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भीमदत्तगर– कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको थ्रोट स्वाव स्याम्पल (नमूना) परीक्षणका लागि काठमाडौं पठाउन समस्या भएको छ । सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौं १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ ।

‘लकडाउनअघि पठाएकामध्ये ९ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ,’ प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, ‘अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।’ कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट ७, बाजुराबाट ४ र कञ्चनपुरबाट ३ वटा नमूना प्रदेशमा पठाइएको उनले जानकारी दिए ।

‘कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको २ नमूनाको रिपोर्ट पनि काठमाडौंबाट आउन बाँकी छ,’ ओझाले भने, ‘होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।’ उहाँले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

‘जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो,’ उनले भने, ‘लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हुँदैछ ।’ कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ ।

काठमाडौं बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौं नै रगत नमूना पठाइँदैछ । रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा ३ पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ । प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो ।

मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई ४ थान पिपीई उपलब्ध गराएको थियो । भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए । अस्पतालमा ६ शय्याको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० शय्याको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : १५ बजे

प्रधानमन्त्रीले छलफलका लागि बोलाए कांग्रेसलाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई छलफलका

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

धनकुटा–  ३३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-४ बस्ने

उत्पादन र निर्माण क्षेत्रको अवस्था ऋणात्मक हुन्छ : राष्ट्र बैंक

काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो

छोराको हत्या आरोपमा आमा पक्राउ

पर्सा– आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७

रुसलाई हतियार नदिएको किमकी बहिनी जोङको दाबी

काठमाडौं– उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो