'लकडाउन'को दोस्रो दिन : सम्झाइ बुझाई नगरिने, थुन्नेदेखि जरिवाना गर्नेसम्मको तयारी | Khabarhub Khabarhub

‘लकडाउन’को दोस्रो दिन : सम्झाइ बुझाई नगरिने, थुन्नेदेखि जरिवाना गर्नेसम्मको तयारी


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा नै एक युवतीमा कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबारदेखि नेपालभर ‘लकडाउन’ गरेको सरकारले पहिलो दिनको जस्तो सम्झाइ बुझाई गरेर नछाड्ने चेतावनी दिएको छ ।

पहिलो दिन कतिपय मानिसहरुमा सूचना नपुगेको र कतिपय व्यवहारिक कारणले समेत सम्झाइ बुझाई गरेर छाडिएकोमा आजदेखि त्यस्तो नगरिने गृह मन्त्रालयले चेतावनी दिएको छ ।

‘नागरिक हितका लागि चालिएको कदममा सबै साथ हुन्छ भन्ने लागेको छ,’ गृह प्रवक्ता केदारनाथ शर्माले खबरहबसँग भने, ‘आजदेखि पनि लकडाउनको उल्लंघन गर्दै रमिता हेर्नझैं गरी निस्कनलेलाई छाडिदैन, संक्रामक रोग ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यताका आधारमा कारबाही हुन्छ ।’

यसअघि हिजो पनि विभिन्न जिल्लाका प्रशासकहरुले सवारीसाधन नियन्त्रण गर्नेदेखि एक हजार रुपैयाँसम्म जरिवानासम्म लिएको शर्माले जानकारी दिए । तर धेरैजसोलाई मंगलबार पहिलो दिन भएकाले सम्झाइ बुझाई गरि छाडिएको थियो ।

मंगलबार ‘लकडाउन’ उल्लंघन गरेपछि विभिन्न जिल्लाबाट पक्राउ परेका ४५३ जनालाई सम्झाइ बुझाई गरि छाडिएको थियो ।

‘लकडाउन’को दोस्रो दिन भने सरकारले कडिकडाउ गरिसकेको संकेत दिइसकेको छ । काठमाडौं उपत्यकामा नै एकाविहानै ‘लकडाउन’ उल्लंघन गर्ने ३ सय सवारीसाधन र मानिसहरु नियन्त्रणमा लिइएको छ ।

‘लकडाउन’ कार्यन्वयनमा ल्याइएका मूलत दुई वटा कानून संक्रामक रोग नियन्त्रण ऐन र स्थानीय प्रशासन ऐन अनुसार अपराधको गाम्भिर्यता अनुसार जरीवानादेखि ६ महिनासम्मको जेल हुन सक्ने प्रावधान छ ।

देश पूरै ‘लकडाउन’मा गएको भएपनि अत्यावश्यक वस्तुहरुको ढुवानी तथा वितरणमा समस्या सृजना नहुने गरी प्रबन्ध मिलाउन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले परिपत्र गरेको छ ।

सोही परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयहरुले खाद्यान्न, तरकारी, दुध, पानी, ग्याँस, औषधि लगायत अत्यावश्यक सेवा वा वस्तुको प्रवाहमा कुनै कमी नहुने गरी त्यस्ता पसलहरु सञ्चालन गर्न आह्वान गरेका छन् । तर त्यस्ता पसलहरु निश्चित अवधिका लागि मात्र खोल्न आह्वान गरिएको छ ।

‘लकडाउन’ का बेला स्वास्थ्य सेवाका डाक्टर, नर्स, पारामेडिक्स, सञ्चारमाध्यम लगायतका कर्मचारी, फोहोरमैला व्यवस्थापन लगायत विशेष सेवाका कर्मचारीहरु आदिलाई भने आवतजावतमा रोक लगाइएको छैन ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  ११ : १६ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते