देशभरका अदालतमा अतिआवश्यक परे मात्रै इजलास बस्ने « Khabarhub

देशभरका अदालतमा अतिआवश्यक परे मात्रै इजलास बस्ने


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित सम्पूर्ण न्यायाधीशहरुको आज (बुधबार) बसेको आकस्मिक पूर्ण बैठकले भाइरसको जोखिमबाट बच्नका लागि सरकारले नै पूर्णरूपमा देशभर लकडाउनको घोषणा गरेको हुनाले अति आवश्यक पर्दा मात्र इजलास बस्ने निर्णय गरेको हो ।

‘अदालतले दिने सेवामा कटौती भएको छ, अब सानो युनिटले मात्र काम गर्छ,’ सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले भने, ‘प्रधानन्यायाधीशज्यू, मुख्य रजिष्ट्रारबीच कतिपय काम टेलिफोनबाटै पनि समन्वय गर्ने कुरा भएको छ ।’

पूर्ण बैठकले सर्वोच्च अदालतसहित देशभरका अदालत र न्यायाधीकरणले आजकै दिनदेखि लागू हुने गरी यही चैत २१ गतेसम्म बन्दी प्रत्यक्षीकरणको निवेदन, महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदन र बालसुधार गृहका निवेदनउपर मात्र सुनुवाइ हुने निर्णय गरेको छ । प्रवक्ता पोखरेलका अनुसार अदालते यही चैत ७ गतेदेखि यता परेका निवदेनमा मात्रै पक्राउ पूर्जी अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थनसम्बन्धी कार्य गर्नेछ ।

‘चैत ७ गतेको पूर्ण बैठकले अदालतको म्याद थप गर्नेलगायतको काम निर्णय गरेको थियो, त्यो बेला सरकारले लकडाउन गर्ने निर्णय पनि गरेको थिएन,’ प्रवक्ता पोखरेलले भने, ‘रोगको संवेदनशीलतालाई ध्यानमा राखेर काम गर्नुपर्ने हुँदा सेवा कटौती भएको हो ।’

सर्वोच्च अदालतको गत शुक्रबार बसेको पूर्ण बैठकले आइतबारदेखि लागू हुने गरी यही चैत १८ गतेसम्म नियमित प्रकृतिका सबै मुद्दाका सुनुवाइ स्थगन गर्ने निर्णय गरेको थियो ।

बुधबार को बैठकले यही निर्णयलाई चैत २१ गतेसम्म अतिआवश्यक काम मात्र गर्ने निर्णय गरेको हो । प्रवक्ता पोखरेलका अुनसार भाइरस सङ्क्रमणको जोखिमको अवस्थालाई लिएर अदालतले पछि निर्णय गर्नेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ३० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले