अतिआवश्यक परेका सवारीलाई मात्रै इन्धन उपलब्ध गराउन आग्रह « Khabarhub

अतिआवश्यक परेका सवारीलाई मात्रै इन्धन उपलब्ध गराउन आग्रह


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एसोसिएशनले अतिआवश्यक परेका सवारीलाई लागि मात्र पेट्रोलियम पदार्थ प्रदान गर्न आग्रह गरेको छ । सरकारको आग्रहानुसार अत्यावश्यकका लागि मात्र पेटोलियम पदार्थ वितरण गर्न पम्पहरुलाई आग्रह गरिएको एसोसिएशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकाभित्रका पम्प सञ्चालकलाई पनि सोही व्यहोरा पम्पको बाहिर सूचना टाँस गर्नसमेत आग्रह गरिएको छ । ‘पेट्रोल पम्प परिसरको बाहिरपट्टि देखिने गरी सूचना टाँस गरेर अत्यावश्यक सामान ढुवानी गर्ने सवारी साधन (एम्बुलेन्स वा सरकारबाट इजाजतप्राप्त साधन) लाई इन्धन उपलब्ध गराउन हामीले निर्देशन दिएका छौँ,’ उनले भने, ‘पम्पहरुमा धेरै कर्मचारी नभएको र सम्पर्क नम्बर देखिने गरी सूचना टाँस गर्न हामीले जानकारी गराइसकेका छौँ ।’

अत्यावश्यकका लागि काठमाडौं उपत्यकाका जुनसुकै पम्पमा तेल भर्न सकिने र पम्पमा पर्याप्त मात्रामा मौज्दात तेल राखिएको उहाँले जानकारी दिए । सुरक्षा निकायका आफ्नै पम्प रहेको तथा निजी क्षेत्रका पम्पबाट नजिक रहेका अस्पताल तथा कूटनीतिक नियोगका कर्मचारी तथा पत्रकारले तेल भर्ने गरेको सूचना आफूहरुलाई आएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  १ : ५५ बजे

अदालतमा चलिरहेको मुद्दामा विदेशबाट पनि बयान, वकपत्र गर्न सकिने आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपालमा चलिरहेको मुद्दामा विदेशबाट अनलाइनमार्फत बयान,

रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं – नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई

आरसीबीले बनायो कीर्तिमानी स्कोर, गुजरातलाई २५५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग २०२६ को क्वालिफायर–१ मा रोयल

वैदेशिक रोजगारीबाट श्रीलंकामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा

कोलम्बो – श्रीलंकाले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त

मनसुनी विपद्ः उद्धारका लागि एक सय ३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

काठमाडौं – नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य