लकडाउन उल्लंघन गर्ने ५६ सवारी साधन प्रहरीको नियन्त्रणमा « Khabarhub

लकडाउन उल्लंघन गर्ने ५६ सवारी साधन प्रहरीको नियन्त्रणमा


१२ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले देशभर लकडाउन गरेका बेला त्यसको अवज्ञा गर्दै सञ्चालन गरेका ५६ सवारी साधनलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा लकडाउनका बेलामा चलाइएको एक बस, एक मिनीट्रक र ५४ मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।

अत्यावश्यक अवस्थामा सञ्चालन हुने सवारी साधन जरुरी काम परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर चलाउने र सेवाकै सिलसिलामा चल्ने सरकारी गाडीबाहेक अरुलाई चल्न नदिएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उनले जिल्लाका विभिन्न स्थानमा त्यसरी उल्लङ्घन गरी हिँड्ने र सवारी चलाउने गरेको पाइएका कारण अनुगमनसमेत गरिरहेको बताए ।

सरकारले लकडाउन घोषणा गरेको पहिलो दिन मङ्गलबार राति करीब ८ः३० बजेको समयमा मण्डनदेउपुर नगरपालिका–९ रानिटारस्थित हेलम्बु राजमार्ग सडकखण्डमा हिगुवापाटीबाट पाँचखालतर्फ जाँदै गरेको बा२२प ९४३० नंको मोटरसाइकलले दुई जना पैदल यात्रीलाई ठक्कर दिएर घाइते बनाएको छ ।

मोटरसाइकलको ठक्करबाट रोल्पा रुम्तिगढी नगपालिका–१ बस्ने १९ वर्षीय रवि कुँवर र सोही ठाउँका १९ वर्षीय सरोज घर्तीमगर घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कुँवरको दाहिने खुट्टामा चोट लागेको छ भने मगरको घुँडामा चोट लागेको र उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना नेतृत्वको टोलीले जिल्लाका विभिन्न स्थानमा लकडाउनको निरीक्षण गरिरहेको बताए । ‘यस्तो अवस्थामा हामीले अनुरोध गर्ने हो, नागरिक आफैँ पनि सचेत हुन आवश्यक छ,’ उनले भने, ‘अत्यावश्यकबाहेकका अन्य सवारी साधन चल्न दिएका छैनौं, त्यसका लागि हामी आफैं जिल्लाका विभिन्न स्थानमा गएर निरीक्षण गरिरहेका छौँ ।’ हिजोको भन्दा आज निकै सुनसान भएको उनले बताए ।

प्रकाशित मिति : १२ चैत्र २०७६, बुधबार  २ : ४३ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका