ग्यास अभाव हुन नदिन आधा सिलिण्डर मात्रै बजारमा पठाउने तयारी | Khabarhub Khabarhub

ग्यास अभाव हुन नदिन आधा सिलिण्डर मात्रै बजारमा पठाउने तयारी


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ग्यास अभाव हुन नदिन सरकारले आधार सिलिण्डर मात्र ग्यास बजारमा पठाउने तयारी गरेको छ ।

भारतले समेत लकडाउन गरेपछि आयातमा असर परेको ठहर गरेको सरकारले  नेपाल आयल निगमलाई सोही अनुरुपको तयारी गर्न निर्देशन दिएको बुझिएको छ ।

सरकारले त्यस्तो निर्देशन दिएलगत्तै नेपाल आयल निगमले पनि उद्योगहरुलाई हाल बजारमा गइरहेको १४.२ केजीको परिमाणको साटो ७.१ केजीको परिमाणमा मात्र ग्यास रिफिल गर्न आग्रह गरेको ग्यास उद्योगीहरुले बताएका छन् ।

आयल निगमले बुधबार राति यस्तो निर्देशन दिएपछि उद्योगीहरु त्यसैको तयारीमा लागेको ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिव घिमिरेले जानकारी दिए ।

यसअघि २०७२  सालमा भारतले नाकाबन्दी लगाउँदा पनि बिषम परिस्थिती आएपछि आधा सिलिण्डर मात्र ग्यास वितरण गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  १२ : ५३ बजे

विश्वकप छनोट : आज ओमानअसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी टी-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक

बझाङमा भूकम्पको धक्का : केही घरमा क्षति

काठमाडौं– बझाङमा बुधबार राति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज २९ गते बुधबार। कात्तिक

आज २०८२ साल असोज २९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज २९ गते बुधबार। कात्तिक

भियतनामसँग पराजित भएसँगै नेपाल एसियन कपबाट बाहिरियो

काठमाडौं – आगामी वर्ष साउदी अरेबियामा आयोजना हुने एएफसी एसियन