यस्तो देखियो बिहीबारको 'लकडाउन'मा राजधानी काठमाडौं | Khabarhub Khabarhub

यस्तो देखियो बिहीबारको ‘लकडाउन’मा राजधानी काठमाडौं


१३ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको यो भाइरसले ३ नेपाली पनि संक्रमित छ । अन्य धेरै संक्रमणको आश‌ंकामा सेल्फ क्वारेन्टाइन तथा आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ जना मध्य १ जना संक्रमणबाट मुक्त भएको र २ जनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरहेको छ ।

नेपालमा कोरोनाको संक्रमण देखिन थालेपछि सरकारले चैत्र ११ गते बिहान ६ बजेदेखि नेपाल ‘लकडाउन’को घोषणा गरेको छ । नेपाल ‘लकडाउन’को दोस्रो दिन बिहीबार पनि काठमाडौं उपत्यका सुनसान नै देखियो ।

घरबाहिर निस्केपछि नेपाल प्रहरीले सुझाइबुझाई गरी घर फिर्ता गरिरहेको देखिन्थ्यो भने कतिपय ठाउँहरुमा अटेर गर्नेलाई कारवाही गरेको पनि प्रहरीले जनाएको छ ।

काठमाडौंका मुख्यस्थानहरु रत्नपार्क, दरवारमार्ग, नयाँबानेश्वर, थापाथली, पशुपतिक्षेत्र सबै ठाँउमा चहलपहल प्राय: शुन्य जस्तै देखिएको छ ।

तस्वीरमा हेर्नुहोस् नेपाल ‘लकडाउन’को दोस्रोदिन काठमाडौं उपत्यका कस्तो रह्यो ?

 

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार  ८ : ४० बजे

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त

मनसुनको अवस्था अद्यावधिकः मधेशमा सरदरभन्दा कम वर्षा हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले जुलाईदेखि सेप्टेम्बर (असार

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

बागमती – बागमती प्रदेशसभाको बैठकमा आजदेखि प्रदेश सरकारद्वारा प्रस्तुत आगामी

एकीकृत समाजवादी विद्यार्थी विशेष जिल्ला कमिटीको अध्यक्षमा अशोक थापा

काठमाडौं – नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको विशेष जिल्ला

यस्तो छ रजनीकान्तको फिल्म ‘कुली’मा आमिर खानको लुक्स

काठमाडौं – दक्षिण भारतीय नायक रजनीकान्तको फिल्म ’कुली’मा बलिउड नायक