कर्मचारी समायोजन : दुर्गमका स्थानीय सरकारलाई समस्या, सुगमकै लागि कर्मचारीको मरिहत्ते | Khabarhub Khabarhub

कर्मचारी समायोजन : दुर्गमका स्थानीय सरकारलाई समस्या, सुगमकै लागि कर्मचारीको मरिहत्ते


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- समायोजनपछि ‘गाउँका सिंहदरबार’ सरकारी कर्मचारीले भरिभराउ हुन्छन्, विकास निर्माण र सेवा प्रवाहले गति लिन्छ भन्ने धेरैको आस थियो। तर यतिबेला दुर्गमका स्थानीय सरकारका लागि कर्मचारी समायोजन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ। दुर्गममा कर्मचारी थपिनु त परै जाओस्, भएका कर्मचारीसमेत अन्यत्र सरुवा भएपछि गाउँका बासिन्दा निरास बनेको अन्नपूर्ण पोस्टमा खबर छ।

सीमित कर्मचारीको भरथेगमा चलेका स्थानीय निकायको सेवा प्रवाह ठप्प हुने अवस्था आएको छ। पहाडी र हिमाली क्षेत्रका दुर्गम गाउँपालिका कर्मचारीविहीन हुने अवस्थामा छन्।

अछामको तुर्माखाँड गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले कर्मचारी समायोजन पहाडी र हिमाली जिल्लाका स्थानीय तहका लागि अभिसाप बनेको बताए। तुर्माखाँड गाउँपालिकाका कर्मचारी सुगममा सरुवा भएका छन्। ‘एकमात्र सचिव बचे। भेटनरी, महिला बालबालिका, कृषि, शिक्षाका कोही आएनन्,’ शर्माले भने, ‘भएका सरुवा भएर जाने, नयाँ नियुक्ति नहुने अवस्था छ। न स्थायी पठाउँछन् न गाउँपालिकालाई करार र ज्यालादारीमा कर्मचारी राख्न दिन्छन्।’
धमिराले खायो वाल्मीकि शिर्षकको अर्को समाचारमा काठमाडौंको प्रदर्शनी मार्गमा रहेको बाल्मिकी क्याम्पसको अवस्था लथालिंक बनेको छ । क्याम्पस परिसरमा रहेको पुस्तकालय जीर्ण बनेको छ भने त्यहाँका ऐतिहासिक पुस्तक पनि धमिराले खान थालेको छ ।

त्यस्तै न्याय नपाएकी सुमन जैसवालको पीडाको खबर पत्रिकाले प्राथमिकताका साथ छापेको छ । सिउँदो रंग्याउने वीरेन्द्रले घरबाट निकालेको उनले नागरिकता पनि नदिएको न्याय पनि नपाएको सुमनको कुरा छापिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : ३१ बजे

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी

भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान

इस्लामावाद- गत साता भारतसँगको तनावका क्रममा भएको हवाई तथा स्थल

भौतिक मन्त्रीले कोरियाली लगानीकर्तालाई भने, ‘नेपालमा रेल बनाउनुस्’

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपालमा रेल