लकडाउनको समयमा कालोबजारी गर्ने ११ जना पक्राउ « Khabarhub

लकडाउनको समयमा कालोबजारी गर्ने ११ जना पक्राउ


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– लकडाउनको अवधिमा बढी मूल्यमा दैनिक उपभोग्यका सामानलगायत बिक्री गर्ने ११ जनालाई धनुषा प्रहरीले पक्राउ गरी कारवाही शुरु गरेको छ ।

पक्राउमा पर्नेहरुले बजारमा तोकिएको मूल्यभन्दा बढी मूल्यमा प्याज, आलु, खाना पकाउने ग्यास र रिजार्ज कार्ड बिक्री गर्ने गरिएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनीहरूले प्रतिकिलो  ४५ मा पाइने आलु प्याज ८० मा, प्रति सिलिण्डर १ हजार ३५० मा पाइने खाना पकाउने ग्यास १ हजार ७०० मा र  ५० को रिचार्ज कार्ड ६० रुपैयाँमा बिक्री गरिरहेको समयमा जनकपुरका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको हो ।

विगत केही दिनदेखि जनकपुरधाममा हरियो तरकारीको पनि मूल्यमा अप्रत्याशितरूपमा वृद्धि भएको छ । काउली प्रतिकिलो रु ५०, हरियो खुर्सानी प्रतिकिलो रु २४० र सोही अनुपातमा अन्य तरकारीको पनि मूल्यमा वृद्धि भएको उपभोक्ता पशुपतिनाथ झाले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : ०६ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण