लकडाउनका बेला घले गाउँमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना « Khabarhub

लकडाउनका बेला घले गाउँमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना


१५ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोरना भाइरस (कोभिड १९) संक्रमणबाट बच्न लागु गरिएको लगडाउनको आदेश कार्यान्वनका लागि जिल्लाका होमस्टे गाउँहरुले कडाइ गरेका छन् । गाउँमा पर्यटक आउन रोकिएका छन् भने पर्यटक राख्नेलाई जरिवाना समेत तोकिएको छ ।

क्व्होलासोथार गाउँपालिका रहेको सार्क राष्ट्रको नमूना स्मार्ट भिलेज घलेगाउँ होमस्टेमा पर्यटक राखे ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ। पर्यटन व्यवस्थापन समितिले होमस्टेमा पर्यटक राख्नेलाई २० देखि ५० हजार रुपियाँसम्म जरिवना गर्ने चेतावनी दिएको हो ।

गाउँका होमस्टेमा वैशाख १ गतेसम्म कोही पर्यटक नराख्न होमस्टे संचालकलाई चेतावनी दिइएको पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले बताए ।

२०५७ सालदेखि १० घरबाट होमस्टे सुरु गरिएको घलेगाउँमा अहिले ३७ घरमा होमस्टे सन्चालनमा छ । लकडाउनका बेला सहरबाट केही पर्यटक जिप र मोटरसाइकल चढेर घलेगाउँ आउने गरेको समितिले जनाएको छ । बुधबारसम्म गाउँनजिकै आइपुगेका पर्यटकलाई स्थानीयले फिर्ता पठाएका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७६, शनिबार  २ : ०३ बजे

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

काठमाडौं– नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’

‘सरकार पासपोर्ट घरैमा पुर्‍याउँछु भन्थ्यो, पासपोर्ट लिनेको लाइन घरसम्मै पुगेको रहेछ’

काठमाडौं- प्रतिपक्षी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सांसद रमेशकुमार मल्लले राहदानी

कप्तानगञ्ज घटना : गृहमन्त्री नआएसम्म अस्पतालबाट रवीन्द्रको शव नलैजाने

काठमाडौं– सुनसरीको देवानगज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर उपचारको क्रममा