आफूले उत्पादन गरेका ‘पीपीई’ महावीरले निशुल्क दिने  « Khabarhub

आफूले उत्पादन गरेका ‘पीपीई’ महावीरले निशुल्क दिने 


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षसमेत रहेका महावीर पुनले कोरोना भाइरसको उपचार गर्न चिकित्सकले लगाउने पोशाक ‘व्यक्तिगत सुरक्षा उपकरण’ (पीपीई) निःशुल्क उपलब्ध गराउने बताएका छन् ।

उनले बिहीबारदेखि बनाउन थालेका पीपीई सरकार र अस्पताललाई निःशुल्क उपलब्ध गराउने बताएका हुन् ।

बिहीबार नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान कोइरालालाई नमूना देखाएपछि साँझैबाट उत्पादन शुरु गरिएको उनले जानकारी दिएका छन् ।

“एउटा पीपीई बनाउनका लागि एक हजार पर्छ”, उनले भने, “एक हजार उठाउँदै जान सम्भव हुँदैन । त्यसैले उक्त सामग्री निःशुल्क दिनेछु ।”

चप्पल कारखाना र पेप्सीकोला दुई ठाउँमा छ जना मजदुरले अहिले पीपीई उत्पादन गरिरहेका छन् ।

त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, बीपी कोइराला विज्ञान प्रतिष्ठान अस्पताल धरानका चिकित्सकले पिपिई बनाउन भनेपछि उनले बनाउन थालेको बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  १० : ४३ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित