बेलायतमा आपतकालिन अस्पताल बनाउन खटिए गोरखा सैनिक (फोटो फिचर) « Khabarhub

बेलायतमा आपतकालिन अस्पताल बनाउन खटिए गोरखा सैनिक (फोटो फिचर)


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-कोरोना भाइरसको महामारी बढेसँगै बेलायतमा यससम्बन्धी उपचारका लागि छुटटै अस्पताल निर्माणको काम शुरु भएको छ ।

आपतकालिन अस्पताल निर्माणका लागि ठुलो संख्यामा गोरखा सैनिक परिचालन गरिएको छ ।

ब्रिटेन–कमनवेल्थ फोर्सलाई उदृत गर्दैै नेपाल ब्रिटेन डटकमले जनाए अनुसार लण्डनको डकल्याण्डमा बेलायतको सबैभन्दा ठूलो अस्पतालको निर्माणको लागि क्वीन गोरखा इञ्जिनियरहरू परिचालन गरिएको हो । उनीहरुले हप्ता देखिनै काम थालेका थिए ।

४ हजार बेडको अस्पताल निर्माणका लागि उनीहरु खटिएका हुन । सन् १९४८ देखि बेलायती सेनामा गोरखा इञ्जिनियरहरुले छुट्टै सेवा दिदै आएका छन् ।

यसअघि पनि बेलायतले गोरखा डिभिजनल इन्जिनियरहरूलाई आपतकालमा परिचालन गर्दै आएको थियो । विश्वभरि सजाल भएको सो टोलीले आपतकालिन अवस्थामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।

बेलायतमा कोभिड १९ बाट ज्यान गुमाउनेहरुको संख्या १०१९ पुगेको छ । शनिवार मात्र २६० जनाको मृत्यु भएको वेलायती संचारमाध्यमहरुले जनाएका छन् ।

१७ हजार ८९ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ११ : ०५ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल