कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग « Khabarhub

कोरोनाविरुद्धको लडाइँमा बलिउडकर्मीको सहयोग


१६ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतमा जारी लकडाउनका कारण बलिउडकर्मी यतिबेला फुर्सतमा छन् । कलाकारले घरमा सेल्फ क्वारेन्टाइनमा बसेर सरकारलाई सहयोग गरिरहेका छन् ।

भारतका कोरोना भाइरसको लडाइँका लागि भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केयर फण्ड गठन गरेसँगै बलिउड अभिनेता अक्षय कुमारले २५ करोड रुपैयाँ भारू दिने घोषणा गरे । मोदीले ट्वीटमार्फत धेरैको चासो भएकाले फण्ड खोलिएको बताएका थिए ।

उक्त फण्डमा बलिउडकर्मीले कोरोना भाइरसको लडाइँका लागि भन्दै सहयोग रकम घोषणा गरेका छन् ।

अक्षय कुमारले ट्वीट गर्दै भने – मैले मेरो बचतबाट २५ करोड सहयोग गर्छु ।

अक्षय कुमारको यो कार्यलाई भारतीयले खुलेर तारिफ गरेका छन् । योसँगै अभिनेता वरुण धावनले पनि ३० लाख सहयोग गर्ने घोषणा गरेका छन् । वरूणले ट्वीटमार्फत लेखेका छन् – देश छ त हामी छौँ ।

भुषण कुमारले पनि उक्त कोषमा ११ करोड भारु दिने घोषणा गरेका छन् ।

यस्तै दक्षिण भारतीय अभिनेता प्रभासले ४ करोड भारु, महेस बाबुले १ करोड र चिरञ्जीवीले १ करोड दिने दिने घोषणा पहिले नै गरेका थिए ।

यस्तै हेमा मालिनीले १ करोड सहयोग गरेकी छिन् । उनी भारतीय जनता पार्टीका तर्फबाट सांसद पनि हुन् ।

सनी देओलले ५० लाख सहयोग गर्ने दिने घोषणा गरेका छन् भने रजनीकान्तले ५० लाख, पवन कल्याणले १ करोड, राम चरणले ७० लाख दिने बताएका छन् । यस्तै कमेडियन कपिल शर्माले ५० लाख सहयोगको घोषणा गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७६, आइतबार  ४ : ५९ बजे

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली

युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी

एजेन्सी – गत अक्टोबर देखि युद्धविराम सम्झौता लागू भए तापनि

सरकारलाई प्रचण्डको चेतावनी : पटक-पटक संविधान मिच्ने दुस्साहस नगर्नू

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सार्ने