राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन : मन्त्री थापा « Khabarhub

राजनीतिक परिवर्तनले मात्र समाज बदलिँदैन : मन्त्री थापा


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले राजनीतिक परिवर्तनले मात्र समाज परिवर्तन नहुने बताएकी  छिन् ।

महिला अधिकार तथा विकास केन्द्रको २५औँ रजत जयन्तीका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री थापाले समाजमा विद्यमान लैङ्गिक भेद्भाव, विकृति र विसङ्गतिको अन्त्य गर्न महिला स्वयं लाग्नुपर्ने बताइन् ।

“समाजमा महिला हिंसालगायत बलात्कारका घटना बढ्दै गइरहेका छन्, त्यसको अन्त्यका लागि महिला आफैँ क्रियाशील र सशक्त भएर लाग्नु आवश्यक छ”, थापाले भनिन् ।

महिलाको सोच, चिन्तन र व्यवहारमा अझै परिवर्तन आवश्यक रहेकोमा मन्त्री थापाले जोड दिइन् ।  सरकारले संविधानको मर्मबमोजिम झण्डै १६४ कानूनलाई संशोधन गरेको उनले जानकारी दिइन् ।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष गोमा देवकोटाले महिला आर्थिक र सामाजिक क्षेत्रमा माथि नउठेसम्म समाज परिवर्तन सम्भव नरहेको बताउँदै आर्थिक सवलीकरणमा महिला लाग्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिइन् ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ४ : ४५ बजे

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौं– गत वैशाख ९ गते राजीनामा दिएका सुधन गुरूङ गृहमन्त्रीमा

पूर्वाधार मन्त्रालयको बजेट वितरणमा विगतकै जस्तो असमानता, केही जिल्लामा अति धेरै, केहीमा अति न्यून

काठमाडौं– भौतिक विकास मन्त्रालयको बजेट वितरणमा निकै असमानता देखिएको छ

गृहमन्त्रीमा फर्किँदै सुधन गुरूङ, दिउँसो ३ बजे शपथ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले गृहमन्त्रीमा फेरि सुधन गुरुङलाई ल्याउने

लुम्बिनीमा मुख्यमन्त्री आलोपालोको विवाद: नेतृत्व नपाए मन्त्री फिर्ता नबोलाउने कांग्रेसको निर्णय

बुटवल – लुम्बिनी प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लिएर सत्तारूढ गठबन्धनभित्र

अमेरिकामा नेपालीबाटै अस्मिता लुटिएकी युवतीको बयान- ‘मैले नेपालीकै सहयोग पाइनँ’

काठमाडौँ – केही दिनअगाडि अमेरिकामा एक युवतीले आफूमाथि जबर्जस्ती करणी