आप्रवासन रहेका ४ बालबालिकालाई अमेरिकाकाे शरणमा « Khabarhub

आप्रवासन रहेका ४ बालबालिकालाई अमेरिकाकाे शरणमा


२० माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलियामा आप्रवासनको आशमा दक्षिण प्रशान्त मुलुक नउरुको बन्दीगृहमा रहेका अन्तिम ४ बालबालिकालाई अमेरिका पठाइने भएको छ ।

अमेरिका र अष्ट्रेलियाबीच भएको आप्रवासनसम्बन्धी सम्झौता अनुसार नउरुको बन्दीगृहमा रहेका अन्तिम ४ बालबालिकालाई अमेरिका पठाउन लागिएको हो ।

गत अगष्टमा मात्रै त्यहाँ १ सय ४ बालबालिका थुनामा रहेका थिए । अमेरिका पठाइन लागेका ४ बालबालिका उक्त जेलमा रहेका अन्तिम बालबालिका रहेको बताइएको छ ।

उनीहरुलाई आफ्ना आफन्तसहित अमेरिका पुर्याइन लागिएको हो । अष्टे«लियाका प्रधानमन्त्री स्कट मोरिसनले आइन्दा त्यहाँ कोही बालबालिकालाई पनि बन्दी नबनाइने जनाएका छन् ।

अष्टे«लियाले आप्रवासन अनुमति प्राप्त गर्नुअघि अवैध आप्रवासीलाई नउरु लगायतका टापुमा बन्दी बनाउने गरेको छ । आप्रवासीलाई बन्दी बनाइएको स्थानमा ठूलो मानवीय संकट उत्पन्न हुने गरेको प्रतिवेदन सार्वजनिक हुने गरेका छन् ।

प्रकाशित मिति : २० माघ २०७५, आइतबार  ६ : ५३ बजे

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने