अब घरबाटै थाहा पाउनोस् कोरोनाको संक्रमण र उपचारबारे « Khabarhub

अब घरबाटै थाहा पाउनोस् कोरोनाको संक्रमण र उपचारबारे


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा पनि अब घरबाटै कोरोना भाइरसको संक्रमण भए नभएको थाहा पाउन सकिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड – १९ अर्थात कोरोना भाइरसको संक्रमण तथा उपचार विधिबारे जानकारी दिने एप सार्वजनिक गरेसँगै घरबाटै कोरोना भाइरसको संक्रमण र उपचार विधिबारे अधिकतम जानकारी लिन सकिने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको ‘हाम्रो स्वास्थ्य’ नामक एपमार्फत घरमै बसेर कोभिड-१९ को स्व:मूल्यांकन गर्न सकिने छ ।

तत्कालका लागि नयाँ मोबाइल एप ‘हाम्रो स्वास्थ्य’  गुगल प्लेस्टोरमा उपलब्ध नभए पनि मन्त्रालयको वेब पोर्टल covid19.mohp.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।

एप्समा कोरोना संक्रमणको शंका लागेमा आफूले खोजेको सुविधा नजिकको अस्पतालमा छ या छैन भन्ने जानकारी दिने त्यस्तो सुविधा नभए अर्को  नजिकको अस्पताल पहिचान गर्न समेत मद्दत मिल्ने मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ४ : ४२ बजे

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय