कोरोना भाइरस अपडेट : २४ घण्टामा थप ३७ सय १५ को मृत्यु « Khabarhub

कोरोना भाइरस अपडेट : २४ घण्टामा थप ३७ सय १५ को मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ ।

विश्वका १९९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ३ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ३५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ५ लाख ८१ हजार ५ सय ६६ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये २९ हजार ५ सय ९७ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप १९ हजार ९ सय ८८ लाई संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । जहाँ ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ०९ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले