कोरोना भाइरस अपडेट : २४ घण्टामा थप ३७ सय १५ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस अपडेट : २४ घण्टामा थप ३७ सय १५ को मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ ।

विश्वका १९९ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ३ हजार ७ सय १५ जनाले ज्यान गुमाएका छन् ।

यो भाइरस संक्रमितको संख्या ७ लाख ८४ हजार ३ सय ८१ पुगेको छ । संक्रमितमध्ये १ लाख ६५ हजार ३५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ५ लाख ८१ हजार ५ सय ६६ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।

उपचारमा रहेकामध्ये २९ हजार ५ सय ९७ को अवस्था गम्भीर छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।

२४ घण्टामा थप १९ हजार ९ सय ८८ लाई संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । जहाँ ३ हजार १ सय ४८ जनाको मृत्यु भएको छ ।

त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा ११ हजार ५ सय ९१ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ८ सय १२ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ०९ बजे

वरिष्ठ अधिवक्ता नेपाल न्याय परिषद् सदस्यमा नियुक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता महेशकुमार नेपाललाई न्याय परिषद्

नेपालमा विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचारप्रसार आवश्यक : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

दोधारा चाँदनी– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफारिस

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिस