कोरोना बारेका यी तीन हल्लामा कति सत्यता « Khabarhub

कोरोना बारेका यी तीन हल्लामा कति सत्यता


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको संक्रमणले महामारीको रुप लिइ रहेको बेला यसबारे केहि भ्रम तथा हल्लाहरुले समेत स्थान पाउने गरेका छन् ।

जसका कारण मानिसले उचित जानकारी नपाउँदा तिनै भ्रममा विश्वास गर्नुपर्ने बाध्यता बनिदिन्छ । आज हामी त्यस्तै बाहिर हल्लामा रहेका ३ बिषयका बारेमा जानकारी दिदैछौ ।

के घरपालुवा कुकुरबाट कोरोना सर्ने सभावना हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार जनावरको असुरक्षित सम्पर्कबाट कोरोनाको संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले पशुको असुरक्षित सम्पर्क हुनबाट जोगिनु पर्दछ ।

तर घरभित्र कैद रहेका, बाहिरी सम्पर्कमा नआएका र कोरोना फैलने तत्वबाट जोगिएका अवस्थामा घरपालुवा जनावरबाट कोरोना सर्दैन ।

जनावर छोएकै भरमा कोरोना सर्छ भन्ने हुदैन, तर यि जनावरबाट कोरोना सर्ने जोखिम भने उच्च हुन्छ । त्यसैले तत्कालका लागी घरपालुवा जनावारबाट अलग्गै रहनु उत्तम हुन्छ ।

के वृद्ध मानिस मात्र कोरोनाको संक्रमित हुन्छन् ?

कतिपय समचारमा कोरोनाको संक्रमित हुने मानिसहरु वृद्ध मात्र हुने गरेको उल्लेख हुन्छ । तर नेपालका ५ संक्रमितको उमेर हेर्नु भयो भने ति सबै युवा उमेर समुहका छन् ।

त्यसैले कोरोनाले वृद्ध, बालबालिका वा युवा केहि भन्दैन । तर दिर्घ रोग, कमजोर रोग प्रतिरोधी क्षमता भएकाहरुमा कोरोनाको संक्रमण हुन सक्दछ ।

त्यसैले पाको उमेरका मानिसमा यसको संक्रमण हुने सम्भावना प्रबल भए पनि सर्तकता राखेमा यसको संक्रमण हुने सम्भावना न्युन रहन्छ ।

के कोरोना भाइरसको संक्रमण रोक्न एन्टिबायोटिक्स औषधि उपयुक्त हुन्छन् ?

कुनै पनि रोगमा छिटो वा सहज रुपमा एन्टीबायोटिक्स औषधिले काम गर्ने भए पनि कोरोनाको हकमा भने यो सम्भव छैन ।

अहिलेसम्म बिभिन्न देशमा यस बारेमा परीक्षण भइसकेको छ । तर एन्टिबायोटिक्स औषधिको सेवन गरेको भरमा कुनै पनि कोरोना संक्रमित निको भएका छैनन् ।

एन्टिबायोटिक्सले केवल ब्याक्टेरियल इन्फेक्शन रोक्ने काम गर्दछ । कोरोना भाइरस एक प्रकारको भाइरस भएकाले यसको उपचारमा एन्टिबायोटिक्सका दवाई उपयोगी हुदैनन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : १३ बजे

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट