कोरोना भाइरसले कसरी फुटबललाई परिवर्तन गरिरहेको छ ? « Khabarhub

कोरोना भाइरसले कसरी फुटबललाई परिवर्तन गरिरहेको छ ?


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस (कोभिड १९) को असर र प्रभावबाट खेलकुद क्षेत्र टाढा रहन सकेको छैन।

विश्वभरका फुटबल गतिविधिहरु अनिश्चितकालका लागि बन्द छन् भने विस्तारै क्लब, खेलाडी र प्रशिक्षकहरुमा आर्थिक समस्याशृजना हुँदै आएको छ ।

युनियन अफ युरोेपियन फुटबल एसोसिएसन (युईएपए) ले समेत युरो२०२० लाई २०२१ सम्मका लागि स्थगित गरिसकेको छ ।

यस्तैजारी च्याम्पियन्स लिगको फाइनल र युरो लिग कहिले हुने भनेर घोषणा हुन सकेको  छैन् ।

जारी रहेका प्रतियोगिताहरु रोकिँदा क्लब र लिगलाई ठूलो घाटा भएको छ ।

खेलकुद सम्बन्धि पत्रिका मार्काका अनुसार स्पेनमा मात्रै ७ सय मिलियन युरो र युरोपभरमा ७ विलियन युरो टेलिभिजन राइट्सबाट मात्रै घाटा भएको छ ।

यसले गर्दा पनि इटाली, नेदरल्यान्ड्स र स्पेनमा जारी सिजन टुङ्ग्याउनु नै राम्रो हुन सक्छ ।

यता खेलाडीको हकमा पनि उनीहरुको तलबकाटिएको छ भने उनीहरुले खेल्न पाएका छैनन् ।

यी समस्यासँगै सरुवा बजारमा पनि पैसाको अभाव हुने देखिएको छ । जसले गर्दा खेलाडीको मूल्यमा गिरावट आउन सक्ने आँकलन गर्नथालिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ४५ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै