पूर्व प्रधानमन्त्री झलनाथको गीति एल्बम बिमोचन गर्दै प्रधानमन्त्रीले भने–मुलुक परिवर्तन तर्फ गएको सङ्केत « Khabarhub

पूर्व प्रधानमन्त्री झलनाथको गीति एल्बम बिमोचन गर्दै प्रधानमन्त्रीले भने–मुलुक परिवर्तन तर्फ गएको सङ्केत


९ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई विकसित बनाउने उद्देश्यका साथ सरकारले आफ्ना क्रियाकलाप अगाडि बढाएको बताएका छन्  । जनसांस्कृति महासङ्घद्वारा शनिवार आयोजित ‘परिवर्तनका स्वर भाग–२’ गीति एल्बम विमोचन कार्यक्रममा प्रधानमन्त्री ओली ले विकासका आधार तयार भइसकेकाले अबका दिनमा विकासका मुद्दालाई एकताबद्ध गर्ने बताए ।

प्रधानमन्त्री ओलीले गीतकार एवं पूर्वप्रधानमन्त्री झलनाथ (जेएन) खनालद्वारा रचित उक्त एल्बम सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

“मुलुकलाई विकसित बनाउने हामीसँग स्पष्ट दृष्टिकोण र सङ्कल्प रहेको छ”, उनले भने, “अब मुलुकलाई अलमलमा नपारी विकास र सुशासनको बाटोमा अघि बढाउनेछौँ ।”

“देशमा सङ्घीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तीव्रताले देशमा परिवर्तनकाक्रम बढेको छ”, प्रधानमन्त्रीले भने, “विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।” प्रधानमन्त्री ओलीले लोकतन्त्रको वास्तविक रक्षा गर्दै जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने काम गर्ने बताए ।

“हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विश्वास गर्दैनौँ”, उनले भने, “हरेक व्यक्तिले महसुस गर्नेगरी समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौँ । सरकार सामाजिक न्यायसहितको समानताको पक्षमा छ ।” प्रधानमन्त्री ओलीले सुशासन, पारदर्शीता र उत्तरदायी भएर जनतालाई सहुलियत सेवा कसरी बनाउने भन्नेमा सरकार प्रतिवद्ध भएर लागेको दावी गरे । उनले सामाजिक न्यायसहितको समाजवाद ल्याउन आफूहरु लागिपरेको भन्दै शिक्षा र स्वास्थ्यमा गुणात्मक परिवर्तन आवश्यक रहेको धारणा राखे ।

कला, संस्कृति साहित्यमा अग्रगमन समृद्धि ल्याई समतामूलक समाज निर्माण गर्नुपर्नेमा उनको भनाइ थियो ।  प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसकेका नेता खनालको बहुआयामिक प्रतिभाका रुपमा समेत प्रस्तुत भएको बताए । उनले खनालका गीतमा देश प्रेम तथा राष्ट्रिय एकताको भावना रहेकाले मुलुकको परिवर्तनतर्फ गएको सङ्केत गरेको बताए । “व्यस्त दैनिकीबाट समय निकालेर झलनाथले यति राम्रो सिर्जना गर्नुभएको छ”, प्रधानमन्त्री ओलीले भने, “उहाँको सिर्जनशीलता धेरैका लागि प्रेरणाको स्रोत हुनसक्छ ।”

कार्यक्रममा गीतकार खनालले राजनीतिक परिवर्तन पूरा भइसकेकाले आर्थिक परिवर्तन गरेर मुलुकलाई समृद्धितर्फ लैजानुपर्ने बताए ।

आफ्नो गीतमा सामाजिक रुपान्तरण गर्न, विकास, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानका विषय रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले आफू राजनीतिक व्यक्ति भएको पनि फुर्सदको समयमा गीत लेख्ने गरेको सुनाए । “म राजनीतिक व्यक्ति हुँ । मेरो पहिचान राजनीतिक हो”, उहाँले भन्नुभयो, “कहिले फुर्सदमा गीत लेख्ने गर्दछु ।”

उक्त एल्बममा देशको माया, एकता, अग्रगामी, युवा, श्रमिक र इलामका बारेमा १० वटा गीत रहेका छन् । उक्त एल्बममा रहेका गीतको सङ्गीत मिलन तिमिल्सेनाले गरेका छन् भने गीत यम बराल, आनन्द कार्की, ज्ञानु राना, प्रह्लाद कार्की, खुमन अधिकारी, राजु बराललगायत कलाकारले गाएका छन् ।  खनालले यसअघि विसं २०६५ फागुनमा ‘परिवर्तनका स्वर भाग–१’ एल्बम निकालेका थिए । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेललगायत सहभागी थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ९ : ३२ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण