सरकारद्वारा भ्रमण वर्ष २०२० रद्द | Khabarhub Khabarhub

सरकारद्वारा भ्रमण वर्ष २०२० रद्द


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गरेको छ ।

कोरोनाको प्रभावका कारण सरकारले भम्रण वर्ष २०२० को कार्यक्रम रद्द गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले भम्रण वर्ष खारेज गरिएको बताए । सरकारले यसअघि नै भ्रमण वर्षलाई तत्काललाई स्थगन गर्ने निर्णय गरेको थियो ।

यससँगै भ्रमण वर्षको सचिवालय पनि विघटन हुने उनले जानकारी दिए ।

भ्रमण वर्ष खारेज भएसँगै भम्रण वर्ष सचिवालयले सबै कागजात भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डलाई बुझाउने छ ।

कोरोना भाइरसको संक्रमण विश्वभर बढ्न थालेपछि फागुन १८ को मन्त्रिपरिषदमै प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव गरेका थिए ।

सरकारले भ्रमण वर्ष नभइ अब भ्रमण दशकको अवधारणालाई अघि बढाउने तयारी गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ३७ बजे

बालुवाटार बैठक : मन्त्रिपरिषद् पुनर्गठनबारे भएन छलफल

काठमाडौं– मन्त्रिपरिषद् पुनर्गठनको चर्चाकाबीच बालुवाटारमा बसेको बैठक सकिएको छ ।

प्रधानमन्त्री तुर्कमेनिस्तान जाँदै, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन १८ गतेदेखि २३

सिञ्जाका एक हजार ५०० घरको बिमा

जुम्ला– यहाँको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका करिब एक हजार ५४५ घरको

ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

काठमाडौं – काठमाडौँको कोटेश्वरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

उद्यमीलाई प्रधानमन्त्रीले भने- हाम्रो देश हामीले नै बनाउने हो

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान्