आईपीएल क्रिकेटः साविक विजेता चेन्नईको विजयी शुरुवात « Khabarhub

आईपीएल क्रिकेटः साविक विजेता चेन्नईको विजयी शुरुवात


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साबिकको विजेता चेन्नई सुपर किङ्सले १२औं संस्करणको इण्डियन प्रिमियर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

शनिबार भएको उद्घाटन खेलमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजीत गर्दे महेन्द्र सिंह धोनीको चेन्नईले विजयी सुरुवात गरेको हो ।

चेन्नईस्थित एमए चिदामबरम क्रिकेट स्टेडियममा बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नईले ओभरमा १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । चेन्नईका लागि अम्बाती रायडुले सर्वाधिक २८ रन बनाए । त्यस्तै केदार जादबले अविजित १३ रन जोड्दा रबिन्द्र जडेजा ६ रनमा अविजित रहे ।

त्यस्तै सुरेश रैनाले १९ रन जोडे । यता, बैंगलोरका युजभेन्द्र चाहल, मोहमद सिराज र मोइन अलीले एक एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले १७ ओभर १ बलमा अलआउट हुँदै ७० रन बनाएको थियो ।

बैंगलोरका लागि पार्थीव पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् । बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३-३ विकेट लिए । रबिन्द्र जडेजाले २ विकेट लिए । यो जितसंगै चेन्नईले पहिलो खेलमै २ अंक जोडेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ५ : ४४ बजे

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको

बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो