बाजुरामा रुघाखोकीले सिंगो गाउँ नै प्रभावित | Khabarhub Khabarhub

बाजुरामा रुघाखोकीले सिंगो गाउँ नै प्रभावित


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको सिंगो गाउँ रुघाखोकीको संक्रमणले थला परेको छ ।

साता दिनदेखि फैलिएको रुघाखोकीको संक्रमणले पुडाबाब्लाका तीन सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन् ।

एक घरका दुईदेखि पाँच जनासम्म रुघाखोकी र ज्वरोको प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए । सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिंँगटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुने जस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए ।

परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्नेसमेत गाउँमा मान्छे भेटिन छाडेका छन् । सिंगो गाउँ नै प्रभावित बनेपछि स्थानीय त्रसित बनेका छन् ।

कोरोनाको लक्षण हो कि भन्ने आशंकामा पनि गाउँ त्रसित बनेपछि मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ४३ बजे

राज्य ब्यवस्था समितिमा कर्मचारी विधेयकमाथि छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । संघीय

गण्डकीको नीति, कार्यक्रम र बजेटबीच तालमेल अभाव, विकास लक्ष्य अधुरै

पोखरा– गण्डकी प्रदेश सरकारले तयार पारेको नीति, कार्यक्रम र बजेटबीच

सुनसरीबाट एक सय ८० हजयात्री जाने

इनरूवा– हजका लागि सुनसरीबाट एक सय ८० जना जाने भएका

कान पाक्नबाट बालबालिकालाई कसरी बचाउने ?

कान हाम्रो शरीरको संवेदनशील अंग मध्ये एक हो। कानको राम्रो

साउदीमा अलपत्र नेपाली कामदारलाई स्वदेश फर्काउन पहल

काठमाडौं–  नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरनेसनल कम्पनीमा