कोरोनाभाइरस संक्रमित अमेरिकी पत्रकार मारियाको निधन « Khabarhub

कोरोनाभाइरस संक्रमित अमेरिकी पत्रकार मारियाको निधन


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक जना पत्रकारको निधन भएको छ ।  अमेरिकी पत्रकार मारिया मेर्कादेरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो ।

अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्यूजकी वरिष्ठ पत्रकार मेर्कादेरको आइतबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

५४ वर्षकी उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनी ३० वर्ष भन्दा बढी समयदेखि सीबीएसमा रिपोर्टर तथा ट्यालेन्ट डिरेक्कटरको रुपमा कार्यरत थिइन् ।

उनले समाचार कक्षमा कार्यरत पत्रकारहरु सबै क्षेत्रबाट समेटिउन् भन्नका लागि एसियन अमेरिकन पत्रकार एसोसिएसन, नेशनल लेस्बियन एण्ड गे जर्नलिस्ट एसोसिएसन र नेशनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टसँग मिलेर काम गर्दै आएकी थिइन् ।

पछिल्लो दुई दशकदेखि उनले विभिन्न स्वास्थ्य समस्या झेलिरहेकी थिइन् । उनी क्यान्सरबाट समेत पीडित रहेको जनाइएको छ । उनी सन् १९८७ देखि सीबीएस न्यूजमा कार्यरत थिइन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ९ : २० बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री