कोरोनाले रोकेन एडम र लौराको विवाह « Khabarhub

कोरोनाले रोकेन एडम र लौराको विवाह


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमणले विश्वभर वितण्डा मच्चिएको छ । जसका कारण पुरै विश्व कोरोना संक्रमण न्यूनिकरण गर्न लागिपरेको छ ।

अहिलेसम्म विश्वभरका करीब ८ लाख ५८ हजार मानिसमा संक्रमण भेटिएको छ । जसका कारण मानिसहरु त्रसित बनेका छन् । अधिकाशं कार्यक्रमहरु रद्ध भएका छन् ।

साधारण भेटघाट समेत रोकिएको छ । तर यहि बीचमा एक जोडिले भने विवाह गरेका छन् । त्यो पनि संक्रमणग्रस्त देश बेलायतमा ।

बेलायतमा अहिले कोरोना भाइरसको संक्रमणग्रस्त छ । बेलायतका उच्च पदस्त ब्यक्तिहरुमा समेत कोरोनाको संक्रमण भेटिएपछि महामारी नफैलियास् भनेर देश लकडाउन गरिएको छ । देशभित्र भिड गर्न वा कुनै पनि भेटघाट गर्नलाई रोक लगाइएको छ । तर यहि बीचमा बेलायत भित्रै एक जोडिले विवाह गरेका छन् ।

एडम वुड्स प्रेमी र लौरा एक्टन नामक प्रेमिकाले कोरोनाको महामारीका कारण विवाह स्थगित भएपछि विवाहको अनौठो तरिका अपनाए । जसका कारण उनीहरुको विवाह विश्वभर चर्चित बन्यो ।

हुनत यस्तो महामारीका बेला विवाह गरेको भनेर धेरैले उनीहरुको आलोचना गरे । तर उनीहरुले कोरोनाको महामारीलाई मध्यनगर गर्दै सामाजिक दुरीलाई पालना गरेका छन् ।

विवाहलाई तय भएको स्थानलाई स्थगित गरी मात्र दुईजनाले बर्गर मी नामक होटलमा गए । ओनियन रिंग मगाए । त्यसपछि अर्डरका रुपमा आएको खाना परिकार ओनियन रिंग एक अर्कालाई लगाएर दुबैले विवाह गरे । स्रोत : दीसन

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ९ : २१ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,