कोरोना संक्रमण रोक्न सडकका मानिसलाई स्टार होटलमा राख्दै पर्थ राज्य सरकार | Khabarhub Khabarhub

कोरोना संक्रमण रोक्न सडकका मानिसलाई स्टार होटलमा राख्दै पर्थ राज्य सरकार


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर कोरोनाभाइरसको संक्रमण फैलिइरहेको छ । हरेक देश आ–आफ्नो तरिकाले यसको संक्रमण रोक्ने प्रयास गरिरहेका छन् ।

यही बीचमा एक देशले यस्तो महत्वाकांक्षी परियोजना शुरु गर्दैछ अस्ट्रेलियाको पर्थ राज्य सरकार । जुन परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीन मानिसहरुलाई कोरोनाभाइरसको सम्भावित संक्रमणबाट बचाउनका लागि फाइभ स्टार होटलमा राखिनेछ ।

यो परियोजना अन्तर्गत सडकमा सुत्ने घरबारविहीनहरुलाई फाइभ स्टार होटलमा सारिनेछ जुन होटलको एक रातको शुल्क मात्र २६० डलर (३१ हजार नेपाली रुपैयाँ) पर्छ ।

डेलीमेलको समाचार अनुसार पश्चिमी अस्ट्रेलियाको सरकार यो परियोजना शुरु गर्ने तयारी गर्दैछ । परियोजना अन्तर्गत करिब १ महिनासम्म सडकमा सुत्ने मानिसहरुलाई होटलमा राखिनेछ ।

सुरुवातमा २० जनालाई प्यान प्यासिफिक होटलमा बस्ने व्यवस्था गरिनेछ । यो परियोजनालाई होटल्स विथ हर्ट नाम दिइएको छ ।

सरकारले यस्ता घरबारविहीन मानिसहरुलाई छान्नेछ जो अपहिलेसम्म आफूलाई आइसोलेट गर्न असफल भएका छन् । पछि यो परियोजनामा घरेलु हिंसाका शिकार महिला र मानसिक रोगीहरुलाई पनि सामेल गराइनेछ । यदि परियोजना सफल भएमा होटलका १२० कोठा उपयोग गरिनेछन् ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ७ : ५४ बजे

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित