कोरोना भाइरसको महामारीले विश्व जलवायु सम्मेलन पनि स्थगित | Khabarhub Khabarhub

कोरोना भाइरसको महामारीले विश्व जलवायु सम्मेलन पनि स्थगित


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोरोना भाइरस महामारीले ब्रिटेनको ग्लास्गोमा नोभेम्बरमा तय भएको जलवायु सम्मेलन स्थगित भएको छ ।

अब यो सम्मेलत महामारी नियन्त्रणमा आए आगामी बर्ष सन् २०२१ को जुन वा जुलाईतिर हुने बताइएको छ ।

ब्रिटेन र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले इन्टरनेटमार्फत् एउटा भर्चुअल बैठक गरेपछि संयुक्त विज्ञप्ति जारी गर्दै नोभेम्बर ९ मा तय भएको बैठक यो बर्षलाई स्थगित गरिएको घोषणा गरेका हुन्।

जलबायु परिवर्तनसम्बन्धिका बिषयमा बार्षिक रुपमा छलफल हुँदै आएका यस्ता बैठकमा दर्जनौं मुलुकका नेताहरु सहभागी हुँदै आएका छन् । यो पटकको राष्ट्रसङ्घीय वार्षिक भेला कोप-२६ मा पनि दर्जनौँ विश्व नेताहरू सहभागी हुँदै थिए ।

जलवायु परिवर्तनबारे निकै महत्त्वपूर्ण पेरिस सम्झौता भएको पाँच वर्षपछि देशहरूले परिस्कृत जलवायु रणनीति ग्लास्गो सम्मेलनमा प्रस्तुत गर्ने अपेक्षा गरिएको थियो ।

स्कटल्याण्डको ग्लास्गो शहरमा सम्मेलनको लागि प्रतिनिधिहरू, पत्रकार र वातावरण अभियानकर्ता गरेर झण्डै ३० हजारको सङ्ख्यामा मानिसहरू भेला हुँदै थिए।

महत्त्वपूर्ण वार्ताहरूको आतिथ्यता गर्ने ग्लास्गोको स्कटिस इभेन्ट्स क्याम्पस अब कोभिड-१९ का बिरामीका लागि अस्थायी अस्पतालको रूपमा परिवर्तन गरिँन थालिएको बीबीसीले जनाएको छ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ८ : ०७ बजे

खल्लागोठवासीका लागि नदी नै जीवन, नदी नै पीडा

कञ्चनपुर– गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प

बलेवा– बागलुङ नगरपालिका–१० दव्ल्याङमा पहिरो खस्दा कालिगण्डकी करिडोर अवरुद्ध भएको

आजबाट जसपाको संघीय परिषद् बैठक

 काठमाडौं– अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको संघीय परिषदको बैठक

गलेश्वर बजार सौन्दर्यीकरण : सडकमा ढुङ्गा बिछ्‌याउन थालियो

म्याग्दी– बेनी नगरपालिका–९ स्थित म्याग्दीको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वरको सौन्दर्यीकरणका