अनलाइनको समाचार हटाउने कार्य प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप– पत्रकार महासंघ « Khabarhub

अनलाइनको समाचार हटाउने कार्य प्रेस स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप– पत्रकार महासंघ


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट आयात गरिएको स्वास्थ्य सामग्री खरिद प्रकरणमा भएको ‘अनियमितता’ता बारे लेखिएको सामाचार हटाइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौंप्रेस अनलाइनमा प्रकाशित ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता’ शीर्षकको समाचारलाई हटाइएको विषयमा महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

नेपाल सरकारले चीनबाट खरिद गरेका कोरोना भाइरस (कोभिड १९) संक्रमणको परीक्षण तथा रोकथामसँग सम्बन्धित स्वास्थ्य उपकरण खरिदमा भएको ‘अनियमितता’मा प्रधानमन्त्री केपी शर्मा ओलीकै सचिवालयका व्यक्तिहरु संलग्न रहेको भन्दै काठमाडौंप्रेसले समाचार प्रकाशन गरेको थियो । काठमाडौंप्रेसले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलका छोरा स्वराज पोखरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज रिमाल र प्रधानमन्त्रीका आईटी (सूचना प्रविधि) विज्ञ अस्गर अलीको संलग्नतामा महङ्गो मूल्यमा चीनबाट स्वास्थ्य सामग्री ल्याउने ठेक्का सम्झौता भएको लेखेको थियो ।

पत्रकार महासंघका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट काठमाडौंप्रेसमा प्रकाशित उक्त समाचार हटाउन दबाव दिइएको थियो । तर, अनलाइनले समाचार हटाउन नमानेपछि सेवा प्रदायक कम्पनीलाई दबाव दिएर उक्त समाचार हटाइएको सूचना प्राप्त भएको महासंघले जनाएको छ ।

‘स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिततासम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार र प्रेस सल्लाहाकारले समाचार हटाउन दबाब दिएको तथा हटाउन नमानेपछि सेवा प्रदायक संस्थालाई दबाब दिएर उक्त समाचार हटाउनुका साथै केही समय कुनै पनि समाचार पोष्ट गर्न नमिल्ने गरी अनलाइन अवरुद्ध पारिएको काठमाडौं प्रेसले महासंघलाई जानकारी गराएको हो,’ महासंघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘प्रकाशित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए खण्डन गर्ने वा त्यसको कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापित पद्धति हुँदाहुँदै राज्य सत्ताको आडमा प्रकाशित समाचार हटाउन लगाउनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हुनुका साथै संविधानविपरीतको कार्य हो । यस्ता कार्यले संविधानको प्रस्तावनामै उल्लेख पूर्ण प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितता र विश्वव्यापी मूल्य मान्यताको समेत उपहास भएको महासंघको ठहर छ ।’

राज्यको जिम्मेवार निकायबाट प्रेस स्वतन्त्रताविरोधी कार्य भएको उल्लेख गर्दै महासंघले उक्त घटनाको कडा शब्दमा भत्र्सना समेत गरेको छ । साथै घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग समेत महासंघले गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ५ : २० बजे

रोशी खोलाले बगाएर एकजनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रे– बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको

ओली–लेखक पक्राउबारे हर्क साम्पाङले भने– सरकारले प्रतिशोधको राजनीति गर्‍याे

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार प्रतिशोधको राजनीतिमा

सरकारले प्रतिशोध र निषेधको बाटो लियाे : ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले