लकडाउनका कारण मारमा कृषक, दूध दुहेर भैंसीलाई नै खुवाउन बाध्य ! | Khabarhub Khabarhub

लकडाउनका कारण मारमा कृषक, दूध दुहेर भैंसीलाई नै खुवाउन बाध्य !


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा– कोरोनो भाइरस (कोभिड —१९ ) को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ ।

पाल्पाको रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन अण्डा उत्पादन भइरहेको छ । तर बजारमा बिक्री गर्न नपाउँदा समस्या परेको सञ्चालक भुवन अर्याल बताउँछन् । ‘अण्डा उत्पादन भइरहेको छ, बिक्री गर्न पाइएको छैन, १२० कार्टुन अण्डा मौज्दात छ तर बिक्री नहुँदा व्यवसाय धान्नै मुस्किल परेको छ,’ उनले भने । उनको फार्ममा हाल ३ हजार लेयर्स जातको कुखुरा छ ।

‘दाना मात्रै दैनिक ६ बोरा खुवाउनुपर्छ, तर अण्डा बेच्न नपाउँदा ठूलो समस्या परेको हुँदा बिहान साँझको समय तालिका बनाएर बिक्री गर्ने वातावरण नगरपालिकाले मिलाइदिनु पर्छ,’ उनी भन्छन् । लकडाउनको अवस्थामा कृषकलाई दाना आयात गर्न कठिनाइ परेको छ । सवारीसाधन आवतजावतमा रोक लगाएपछि दाना आयात गर्न नपाउँदा पशुपालक तथा कुखुरापालक कृषकलाई व्यवसाय धान्नै गाह्रो परेको छ ।

रामपुर–८ रानीबासका हरिप्रसाद आचार्यको फार्ममा दैनिक ७ पेटी अण्डा उत्पादन हुन्छ । लकडाउनले गर्दा फार्ममा रहेको ६० पेटी अण्डा बिक्री गर्न नपाएको उनको गुनासो छ ।

भैँसीपालक कृषक नरनारायण अर्यालले पनि लकडाउनको शुरुका ४ दिन दूध दुहेर भैँसीलाई नै खुवाउन बाध्य भए । दूध बिक्री गर्न बजार जान नपाएपछि करिब ६०० लिटर दूध दुहेर भैँसीलाई नै खुवाएको उनी बताउँछन् । ‘शुरुका चार दिन धेरै समस्या भयो, दूध दुहेर भैँसीलाई खुवाउनुपर्ने स्थिती पनि आयो, अहिले दिनको एक पटक मात्रै बिहानै ६ नबज्दै डेरी पसलमा लगेर दिने गरेको छु,’ अर्यालले भने ।

उनको फार्ममा हाल ५९ वटा उन्नत जातका भैँसी छन् । उहाँले दैनिक १६० लिटर दूध बिक्री गर्छन् । लकडाउनले भैंसीलाई दानापानी खुवाउन कम गर्नुपरेको उनको भनाइ छ । पहिलेको तुलनामा उनले दानापानी खुवाउन आधा कम गरेका छन् ।

रामपुर ६ तालपोखराका तरकारी उत्पादक कृषक नारायणप्रसाद भण्डारीले उत्पादन गरेको काँक्रो रातको समयमा व्यापारीलाई घरमै बोलाएर बिक्री गर्ने गरेका छन् ।

लकडाउनले गर्दा कृषकहरुलाई उत्पादित वस्तु बजारसम्म पुर्‍याउन समस्या परेको छ । बिहान साँझ समय तोकेर उत्पादन भएका वस्तु बिक्री गर्ने वातावरण मिलाउन कृषकको अनुरोध छ । गाईलाई खुवाउन दाना र घाँसको अभाव भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ को तातोपानीधाममा एक महिना अघिबाट मात्र सञ्चालनमा आएको गौशालामा हाल १३५ गाई छन् । गाईलाई खुवाउन दाना घाँसको अभाव परेपछि स्थानीयसँग घाँसपात दाना जुटाइदिन आग्रह गरिएको गौशाला संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

रामपुर नगरपालिकाभित्र छाडा छाडिएका र हेयका रुपमा लिइएका गाईलाई संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको हो । अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी २०÷२० लाख रकम नगरपालिकाले गौशाला निर्माणमा सहयोग गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ५ : ३९ बजे

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल

ऊर्जा विकासमा १२ वर्षभित्र ६१ खर्ब रुपैयाँ आवश्यक, लगानी कसरी जुटाउने ?

काठमाडौं । नेपालले सन्‌ २०३५ भित्र कम्तिमा २८ हजार ५००

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले दोस्रो विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय