कोरोना असर : युरोपियन फुबटल क्लबको शेयर लगातार ओरालो | Khabarhub Khabarhub

कोरोना असर : युरोपियन फुबटल क्लबको शेयर लगातार ओरालो


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नोबेल कोरोना भाइरस (कोभिड १९) को महामारीको मारमा युरोपका व्यवसायिक फुटबल क्लबहरु पनि परेका छन् । जसरी विश्व अर्थतन्त्रलाई कोरोनाले भयभित बनाएको छ त्यसैगरि युरोपका महारथी क्लबहरुलाई पनि आर्थिक नोक्सानीको पीडा खेप्न बाध्य पारेको छ ।

यसको सबैभन्दा ठूलो घाटा स्पेनिस क्लब रियल मड्रिडलाई भएको छ । रियलमा अस्वभाविक रुपमा आर्थिक समस्यामा फस्दै गएको छ । यता स्पेनकै बार्सिलोना र एट्लेटिको मड्रिडले भने खेलाडी तथा क्लबका कर्मचारीहरुको तलब कटाएर भए पनि आर्थिक जोहोमा जुटेको बताइन्छ ।

कोरोनाकै कारण युरोपका अन्य बलिया क्लबहरुको शेयरमा पनि गिरावट आउन थालेको छ । इटलीको जायन्ट युभेन्ट्सको शेयरमा पनि गिरावट आउन थालेको छ । पछिल्लो एक महिनामा युभेन्ट्सको शेयर २१.१६ प्रतिशतले घटेको छ । यसको कारण शेयर पिर्ता लिनु रहेको जनाइएको छ ।

युभेन्ट्सका खेलाडीहरुले ४ महिनाको तलब नलिने समहति जनाइसकेका छन् । जसअनुसार खेलाडीहरु जुलाईसम्म कुनै पनि महिनाको तलब पाउने छैनन् । तलबमार्फत् क्लबले ९० मिलियन युरो बचत गर्नेछ ।

तलब काट्नु अगाडि मार्च १२ मा युभेन्ट्सको शेयरको मूल्य ०.५४ थियो भने अहिले खेलाडीको तलब कटौती गरेपछि त्यो बढेर ०.७७ मा पुगेको छ । यसको अवस्था २०१८ मा रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डोलाई क्लबमा आवद्ध गर्दा दोब्बर भएको थियो ।

सिरी ए को अर्को क्लब रोमालाई पनि शेयर बजारले घाटा लगाएको छ । कोरोनाले असर गरेपछि रोमालाई डान प्रेन्डकिनले किन्न तयार भएका थिए । रोमाको शेयरमा नाटकीय गिरावट आउँदा क्लब संकटमा परेको हो ।

यता, प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडको शेयरमा ११.०६ प्रतिशतले गिरावट छ । तर, त्यो २०२० को शुरुवातमा आएको जति गिरावट भने होइन् । यअघि युनाइटेडको शेयरमा २०.२१ प्रतिशतले गिरावट आएको थियो ।

यता, जर्मन क्लब बोरुसिया डटमन्डलाई अघिल्लै महिना शेयर बजारमा ठूलो चोट पुगिसकेको छ । त्यतिबेला उसको शेयर ३६.७६ प्रतिशतले ओरालो लागेको थियो । यसले जर्मनका अन्य क्लबहरुको शेयरमा पनि असर पर्न सक्ने आँकलन भइरहेका छन् । यस्तैमा जारी सिजनको च्याम्पियन्स लिग शुचारु नभए डर्टमन्ड झनै ठूलो आर्थिक संकटमा पर्ने विश्लेषण भइरहेको छ ।

त्यसोत जर्मनका क्लबहरुमा एउटा छुट्टै संस्कार पनि छ । यसअघि २००३ मा डर्टमन्ड व्यापारबाट कमजोर हुँदा उसलाई बार्यन म्युनिखले विना ब्याज ९ महिनाका लागि २ मिलियन युरो ऋण सहयो गरेको थियो । त्यतिबेला डर्टमन्डलाई जोगाउन म्युनिखले गरेको ऋण सहयोग बरदान सावित भएको थियो ।

उक्त ब्याज दिँएपछि बार्यनले भनेको थियो, ‘जहाँ बलियो प्रतीद्वन्द्वी छैन त्यहाँ व्यापारमा मजा आउँदैन ।’


मार्काबाट भावानुवाद

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ६ : २१ बजे

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो