लकडाउनको समयमा घरमै बसेर सडकमा कुकुर डुलाएपछि… « Khabarhub

लकडाउनको समयमा घरमै बसेर सडकमा कुकुर डुलाएपछि…


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको महामारी फैलिएको बेला अधिकाशं देशहरु लकडाउनमा छन् । यस अवधीमा मानिसकहरु आफुलाई होम क्वारेन्टाइनमा सुरक्षित राखिरहेका छन् ।

यस अवधिमा मानिसले सामाजिक सञ्जालको प्रयोग गर्ने तथा टेलिभिजन हेर्ने वा अन्य विकल्पमा आफुलाई भुलाउन सक्छन् ।

तर घरपालुवा जनावरका लागी लकडाउन निकै अहसज बनिदिन्छ । बाहिर निस्कन वा मालिकले घुमाउन नलादाँ उनीहरुमा चिढ्चिडाहट आउने गर्दछन् । तर यस्तोमा एक मानिसले कुकुर डुलाउनलाई अपनाएको उपाय भने सामाजिक सञ्जालमा रातारात भाइरल बनेको छ ।

सामाजिक दूरी बनाइराख्ने तथा पशु अधिकारलाई समेत ध्यानमा राखि साइप्रसका एक स्थानीय वकिस डेमेट्रियौले कुकुर डुलाउन एक रचनात्मक तरिका अपनाए ।

सरकारले जारी गरेको लकडाउनका बेला घरबाहिर निस्कन नपाउने नियमको पालना गर्दै वकिसले सडकमा कुकुर डुलाएका छन् । अब अचम्म लाग्ला घरबाहिर ननिस्किन कसरी सडकमा कुकुर डुलाउन सम्भव होला ?

भाइरल भिडियोमा वकिसले आफ्नो कुकुर ओलिवरलाई खाली सडकमा एक ड्रोनको सहायतमा डुलाएका छन् । उनले कुकुरको घाटिमा बाधिएको डोरीलाई केहि फिटको उचाईमा आफ्नै निर्देशनमा उडिरहेको ड्रोनमा बाधिदिए ।

जसका कारण कुकुर स्वतन्त्र भई भाग्न पाउदैन र नियमित झै बाहिर टहल्न समेत पाउछ । उनको यो आइडियालाई धेरैले सह्राना गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ७ : ०८ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,