कोरोना रोकथाम कोषमा इन्सेकद्वारा १० लाख रुपैयाँ दिने घोषणा « Khabarhub

कोरोना रोकथाम कोषमा इन्सेकद्वारा १० लाख रुपैयाँ दिने घोषणा


२० चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु १० लाख चार हजार ५४ प्रदान गर्ने निर्णय गरेको छ ।

इन्सेकले आज जारी गरेको प्रेस विज्ञप्तिमा विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि उक्त रकम कोषमा दिने निर्णय गरेको हो ।

इन्सेकमा कार्यरत पूर्णकालीन कर्मचारी, ७७ जिल्ला प्रतिनिधि तथा विभिन्न परियोजनामा कार्यरत कर्मचारीको सात दिनको तलबबापतको रकम उक्त कोषमा जम्मा गरिएको हो । उक्त भाइरस सङ्क्रमणको रोकथामका लागि सरकारले गरेको प्रयासमा सानो सहयोग पुग्ने अपेक्षा इन्सेकले गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७६, बिहीबार  ११ : १३ बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती