तनहुँमा अन्तर जिल्ला प्रवेशमा रोक « Khabarhub

तनहुँमा अन्तर जिल्ला प्रवेशमा रोक


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला प्रशासन कार्यालयले एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ । सवारी पास लिनेको संख्या बढ्दै गएको र लकडाउनको समेत उल्लंघन भएकाले पास वितरणमा पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

तनहुँमा बुधबारसम्म ६२२ जनाले सवारी पास लिएको जनाइएको छ । बिरामी, कर्मचारी, खाद्यान्न र तरकारी बोक्ने गाडी तथा एम्बुलेन्सलगायत अत्यावश्यक सवारी साधनलाई निर्बाध चल्न दिइएको प्रशासन कार्यालयले जनाएको छ ।

विपन्न परिवारलाई खाद्यान्न

व्यासनगरपालिका– १ नं वडा कार्यालयले वडाका करीब एक सय जनालाई रु दुई लाख बराबरको खाद्यान्न वितरण गर्ने भएको छ । वडाध्यक्ष खरसिं दरैको अध्यक्षतामा बिहीबार बसेको संयुक्त बैठकले वडाभित्र भाडामा बस्ने विपन्न परिवारलाई चैत महिनाको भाडा मिनाहा गर्न घरधनीलाई अनुरोध गर्ने, विदेशबाट घर फर्किएका व्यक्तिको कडा निगरानी गर्दै क्वारेन्टाइनमा अनिवार्य बस्न लगाउनेलगायत निर्णय पनि गरेको छ ।

एक महिनाको भाडा मिनाहा

व्यास–१ का तीन घरधनीले भाडामा बस्दै आएका विपन्न परिवारलाई एक महिनाको भाडा मिनाहा गर्ने प्रतिबद्धता जनाएका छन् । यसरी प्रतिबद्धता व्यक्त गर्नेमा निर्मल पण्डित, बादल आले र राधिका थापा छन्।

विदेशबाट आउने बढे, क्वारेन्टाइनमा बढेनन्

तनहुँमा रहेका दश वटै पालिका र तिनका मातहतमा रहेका वडास्तरमा समेत जनप्रतिनिधि एवं स्थानीयवासीको सक्रियतामा क्वारेन्टाइन र आइसोलेशन वार्ड स्थापना गरिएको छ ।

यसैबीच तनहुँमा विदेशबाट आउने दैनिक बढे पनि क्वारेन्टाइनमा बस्ने भने बढ्न सकेका छैनन् । जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा गरी हालसम्म संकलन गरिएको तथ्याङ्कानुसार छ सय ८७ जना विभिन्न देशबाट घर फर्किएका भेटिएको तर क्वारेन्टाइनमा बस्नेको संख्या नबढेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिए ।

घर घरमा तरकारी आपूर्ति

व्यास–३ नं वडा कार्यालयले लक डाउनको अवधिभर वडाका घरघरमा तरकारी आपूर्ति गर्ने भएको छ । वडाध्यक्ष प्रेमकुमार श्रेष्ठको अध्यक्षतामा बिहीबार वडाभित्र रहेका आठ वटा टोल विकास संस्थाका पदाधिकारीसहितको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

लक डाउनको शुरुआतदेखि नै सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गर्ने विषयमा चरम लापरवाही भएकाले तरकारी पसल बन्द गरी टोलटोल र घरघरमा तरकारी उपलब्ध गराउने निर्णय भएको वडा सदस्य रवीन पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ०० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै