कोरोना भाइरसले सार्क राष्ट्रमा १२२ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरसले सार्क राष्ट्रमा १२२ जनाको मृत्यु

ज्यान गुमाउनेको संख्या भारतपछि पाकिस्तानमा धेरै


२१ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसको संक्रमणबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुमा विहीबारसम्म १२२ जनाको मृत्यु भएको छ ।

भारतमा ७२, पाकिस्तानमा ३४, बंगलादेशमा ६, अफगानिस्तामा ६ र श्रीलंकामा ४ जनाले ज्यान गुमाएसँगै सार्क राष्ट्रमा ज्यान गुमाउनेको संख्या १२२ पुगेको हो ।

माल्दिभ्स, नेपाल र भुटानमा संक्रमणका केही घटना देखिए पनि हालसम्म कोरोना भाइरसका कारण कसैको ज्यान गएको छैन ।

सार्क राष्ट्रहरुले कोरोनाको रोकथामका लागि उच्च सुरक्षा सतर्कता अपनाइरहेका छन् ।

कोरोनाको कहर कस्तो छ सार्क राष्ट्रमा ?

भारत

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा बढ्दो रुपमा देखिएको छ । भारतमा विहीबार थप १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

भारतमा एकैदिन ५ सय ४५ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ५४३ पुगेको छ । भारतमा संक्रमितमध्ये १९१ जना उपचारपछि निको भएका छन् । २ हजार २८० जना उपचाररत छन् ।

पाकिस्तान

भारतपछि सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमण पाकिस्तानमा बढी देखिएको छ ।

कोरोना भाइरसका कारण पाकिस्तानमा हालसम्म ३४ जनाको मृत्यु भएको छ भने २ हजार ४२१ जना संक्रमित भएका छन् ।

कोरोनाका कारण विहीबार मात्रै पाकिस्तानमा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको हो ।

पाकिस्तानमा विहीबार ३०३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या २ हजार ४२१ पुगेको छ ।

पाकिस्तानमा संक्रमितमध्ये १२५ जना उपचारपछि निको भएका छन् । २ हजार २६२ जना उपचाररत छन् । उनीहरुमध्ये ९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अफगानिस्तान

सार्क राष्ट्रहरुमध्ये अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो रुपमा देखिएको छ । अफगानिस्तामा हालसम्म ६ जनाको मृत्य भएको छ ।

अफगानिस्तामा विहीबार थप २ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । विहीबार थप ३६ जना नयाँ संक्रमित फेला परेका छन् । यो संगै संक्रमितको संख्या २७३ पुगेको छ ।

अफगानिस्तानमा संक्रमितमध्ये १० जना उपचारपछि निको भएका छन् । २५७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

श्रीलंका

सार्क राष्ट्रकै अर्को मुलुका श्रीलंकामा पनि कोरोना भाइरसको संक्रमण केही बढ्दो मात्रामा देखिएको छ । कोरोनाका कारण श्रीलंकाका विहीबार थप एक जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।

श्रीलंकामा विहीबार थप पाँच जनामा कोरोनाको संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या १५१ पुगेको छ । जसमध्ये २१ जना उपचारपछि निको भएका छन् भने १२६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

उपचाररत संक्रमितमध्ये ५ जनाको अवस्था गम्भीर रहेको देखिएको छ ।

बंगलादेश

यसैगरी कोरोना भाइरसको संक्रमण बंगलादेशमा भने कम देखिएको छ ।

बंगलादेशमा विहीबार थप २ जनामा नयाँ संक्रमण देखिएसँगै बंगलादेशमा हालसम्म संक्रमितको संख्या ५६ पुगेको छ ।
बंगलादेशमा ज्यान गुमाउनेको संख्या हालसम्म ६ पुगेको छ ।

बंगलादेशमा संक्रमित ५६ जना मध्ये २५ जना उपचारपछि निको भइसकेको छन् । २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यी मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

माल्दिभ्स

सार्क राष्ट्रहरुमध्यकै अर्को मुलुक माल्दिभ्समा विहीबार संक्रमित र मृत्यु हुने नयाँ घटना नदेखिए पनि हालसम्म १९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

जसमध्ये १३ जना संक्रमित उपचारपछि निको भइसेका छन् भने ६ जनाको विभिन्न उपचार भइरहेको जनाइएको छ ।

नेपाल

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ पुगेको छ । विहीबार थप एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो ।

नेपालमा एक जना संक्रमित उपचारपछि निको भइसकेका छन् भने अन्य पाँच जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमण देखिका सबै जना विदेशबाट आएकाहरुमा देखिएको हो । नेपालले कोरोना संक्रमणको सम्भावित जोखिम रोक्नका लागि उच्च सुरक्षा सतर्कता अपनाएको छ ।

सरकाले लकडाउन लागू गरेको शुक्रबार ११ दिन पुगिसकेको छ ।

भुटान

सार्क राष्ट्रहरुमध्ये कोरोना भाइरसको सबैभन्दा कम संक्रमण देखिएको मुलुकमा भुटान देखिएको छ । भुटानमा विहीबार थप एक जनामा संक्रमण देखिएसँगै हालसँम्म संक्रमितको संख्या ५ पुगेको छ ।

भुटानमा संक्रमित ५ जना मध्ये एक जनोको उपचारपछि निको भइसकेको छ भने अन्य चार जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण विहीबार ५ हजार ९ सय ७४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ५३ हजार १ सय ६६ पुगेको छ ।

संक्रमितको संख्या विश्वमा १० लाख १४ हजार ९ सय ४३ पुगेको छ । विहीबार मात्र ७९ हजार ७ सय ४७ जनामा संक्रमण देखिएको जनाइएको छ । संक्रमितमध्ये २ लाख १२ हजार १८ जना उपचारपछि निको भएका छन् ।

चीन वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर हाल यूरोपियन मुलुक हुँदै अमेरिकामा तीव्र देखिएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७६, शुक्रबार  ८ : ५६ बजे

सञ्चारमन्त्री खरेलको प्राथमिकता : दूरसञ्चार सेवा विस्तार गर्दै सुशासन प्रवर्द्धन

काठमाडौं– पर्यटकीय गन्तव्य मनाङको तिलिचो बेसक्याम्पमा असोज ३१ गते पहिलोपटक

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छ : गृहमन्त्री 

काठमाडौं–  गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका

‘बेइमान विज्ञापन’ प्रकरणपछि ट्रम्पद्वारा क्यानाडाका प्रधानमन्त्रीसँग भेट अस्वीकार

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एसिया भ्रमणका लागि ह्वाइट

प्रकृति संरक्षणमा नौ हजार सेना

काठमाडौं– नेपाली सेनाले १२ वटा राष्ट्रिय निकुञ्जसहित एक वन्यजन्तु आरक्षण